नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १३ औँ प्राज्ञ सभा

सैलुङअनलाइन
सैलुङअनलाइन
427 Shares

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १३ औँ प्राज्ञ सभा सम्पन्न भएको छ ।
सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशीला सिर्पाली ठकुरी, प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भु राई, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा लगायतकाको सहभागितामा प्रतिष्ठानको १३ औँ प्राज्ञ सभा गरिएको हो ।
समारोहमा बोल्दै राज्यमन्त्री ठकुरीले मन्त्रालयस्तरबाट प्रज्ञा प्रतिष्ठानलाई गर्नुपर्ने सहयोग निरन्तर रहने बताइन्। उनले प्रज्ञा प्रतिष्ठानका लागि हल निर्माण गर्न मन्त्रालय मार्फत प्रधानमन्त्रीसँग पहल गर्ने प्रतिबद्धता जाहेर गरिन्। कुलपति शर्माले सरोकारवाला सबैपको सल्लाह र सुझावका आधारमा प्रज्ञा प्रतिष्ठानले आफ्नो नीति तथा कार्यक्रम बनाउन सभामा छलफल गर्ने बताइन् । उनका अनुसार यसै अनुरुप प्रतिष्ठानले आफ्ना गतिविधि अगाडी बढाउनेछ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणले मात्रै देशमा समृद्धि हासिल हुने बताउँदै नेपालको चालु आवधिक योजनामा स्रष्टा तथा प्राज्ञिक वर्गको सामाजिक रुपान्तरणमा खेल्ने भूमिका समेत उल्लेख भएको बताए। उनले १६ औँ आवधिक योजना लेखनको कार्य सुरु भएकाले सुसंस्कृत समाज निर्माणका लागि स्रटाहरुले गर्ने कस्तो योगदान गर्न सकिन्छ भन्ने बारे तीनवटै प्रज्ञा प्रतिष्ठानबाट आफ्नो अनुभव र सुझाव साझा गर्न समेत अनुरोध गरे ।
समारोहमा बोल्दै ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लामाले आफूहरुलाई सरकारले प्रज्ञा प्रतिष्ठान दिएको जिम्मेवारी पुरा गर्न नसक्ने छुट नभएको बताउँदै चुनौतिपूर्ण समयमा एकिकृत भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महरा, पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु, वरिष्ठ स्रष्टा कलाकारहरु, विभिन्न संघ संस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका