अभिनेत्री एलिजा सक्रिय राजनीतिबाट विदा

सैलुङअनलाइन
सैलुङअनलाइन
63 Shares

अभिनेत्री एलिजा गौतमले सक्रिय राजनीतिबाट विदा भएको घोषणा गरेकी छन् । एलिजा केही महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उक्त पार्टीका संस्थापक नेता रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बाल्ने अभिव्यक्ति दिएर उनी चर्चामा आएकी थिइन् ।

धरान उपमहानगरका मेयर हर्कराज साम्पाङ राईको कामबाट प्रभावित भएको जनाउँदै उनले राजनीतिबाट टाढा रहेर समाजसेवामा निरन्तरता दिने बिहीबार सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन् । ‘मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु’ उनले लेखेकी छन् ।

उनले राइको धरानस्थित श्रम शिविरस्थल पुगेर वृक्षारोपण गरी १० वटा साबेल समेत प्रदान गरेकी छन्। दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर राइको काम हेर्न उनको अनुरोध छ। फिल्म ‘अनुराग’बाट डेब्यु गरेकी एलिजाले ‘आटो पिठो’,’दुख्छ मन’, ‘म सास बन्न पाए’ लगायतका म्युजिक भिडियोहरुमा अभिनय गरेकी छन् ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका