नृत्य निर्देशक संघ शाखा भक्तपुरको शुभकामना तथा चियापन सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
भक्तपुर

नृत्य निर्देशक संघ, भक्तपुर शाखाले बडा दशैं, तिहार, नेपाल सम्वत तथ छठको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ ।

सोमबार भक्तपूरस्थित नमस्तेअनलाइनको सभाहलमा आयोजित कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले संघले अक्षयकोष स्थापना गरि कलाकारहरुको स्वास्थ्य सेवामा सहयोग गर्दै आएको बताए । उनले बिद्यालयमा नृत्यले सार्थकता पाएको बताउँदै विद्यालयस्तर नृत्य सिकाउँदा साङ्गठानिक नीति नियम बनाएर सिकाउँदा अझ राम्रो हुने बताए ।

क्षेत्र न ३ का अध्यक्ष बुद्ध लामाले शुभकामना दिदै नृत्यकर्मी पनि सरकारसँग सहकार्य गर्ने सकिने बताए ।

नृत्य निर्देशक महेश गोदारले सकारात्मक कुरालाई ग्रहण गरे सफलता पाउनेछ । उनले पश्चिम संस्कृतिले गाजिएको अवस्थामा हाम्रो मौलिक संस्कृतिलाई प्रथामिक दिनु जरुरी रहेको बताए ।

संघका केन्द्रीय महासचिव नृपध्वज खत्री, केन्द्रीय कोषाध्यक्ष केशव कोईराला, प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष गणेशबाबु पोखरेल, सनसाईन एकेडेमीकी प्रिन्सिपल निरु ढकाल, नेपाल पत्रकार महासंघ भक्तपुर शाखा अध्यक्ष पुष्कर बुढाथोकी, राष्ट्रिय सञ्चार केन्द्र अध्यक्ष पेसल आचार्य, संघ क्षेत्र न.३ काठमाडौंका अध्यक्ष बुद्ध लामा लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमका सभाध्यक्ष दिपक बज्राचार्यले हरेक चाडपर्वको उमंगसँगै संघले पनि नयाँ नौलो कार्य गर्दै अघि बढेको बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका