धुन्चेमा मनाइने ह्युम पूजाको विधि र महत्त्व

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
301 Shares
रसुवा

रसुवा धुन्चेका स्थानीय बासिन्दाहरूले पुर्खौँदेखि मानिदैं आएको ह्युम पूजाको महत्त्व र महिमा बेग्लै रहेको छ ।

धुन्चे छ्योलिङ गुम्बाका लामा गुरु लामा रिन्जेन घलेकाका अनुसार यस पूजामा स्थानीयहरूले ४ वटा समूह बनाइ पालैपालो वार्षिक ३ वटा पाठ पूजा गर्दछन् । त्यसमध्ये पहिलो पूजा त्रिपिटक ग्रन्थ ह्युम पाठ गर्ने र स्थानीय बुद्ध धर्म अनुसार गन्ती गरिनेछ । यो पूजा साउन महिना (दावा ङापा) को एकादशीबाट सुरु भई गुरु पूर्णिमाको दिन सम्पन्न हुने चलनचल्ती रहेको छ ।

यस पूजामा लामा धर्म गुरुहरूको उपस्थितिबाट त्रिपिटक ग्रन्थ (ह्युम) पुस्तक पढ्ने गर्दछन् । यसको विशेषता हिउँदे समयको अन्तिम पश्चात् ऋतु वर्षमा प्रवेश गरेको अवस्थामा रूख बिरुवा पलाउने‚ जाडोमा महिनामा खुम्चिएर जमिनभित्र रहेका किरा फटयांग्रोहरू गर्मीको महसुस गरी बाहिर निस्कने गर्दछन् । राष्ट्रिय चिन्ह अङ्कित लालिगुरास फुल फुल्ने‚ वन जङ्गल हरियाली वातावरण स्वदेशी तथा विदेशीहरूको आगमन हुने समयलाई जनाउँदछ ।

यो पूजा पाँच दिनसम्म गरिन्छ । पहिलो दिन लामाहरू आफ्नै ड्रेस गरगहनाको पहिरनमा माने गाउने, गीत गाउने, पुस्तक र नाङलामा विभिन्न सजाएको फलफूल र अन्य सरसामानको प्रसाद बोकी बजार परिक्रमा गर्ने गरिन्छ । साथै लामा लाखे नाच समेत गरिन्छ । त्रिपिटक ग्रन्थ (ह्युम) पुस्तकमा भएका विभिन्न शब्दले मानव जाति र किरा फट्याङ्ग्रा र वन्य जीवजन्तु पशुपन्छीमा लाग्ने रोग व्याधि हटेर सुख शान्ति दीर्घायु होस भन्ने कामना गरेर विशेष पूजा गरिन्छ ।

पूजा अवधिभर लाख बत्ती बाल्नुका साथै विभिन्न मोलम पाठ गरिन्छ । साथै सो अवधिभर लामा धर्म गुरुहरूले माछा र मासु‚ लसुन बाहेकको भोजन खाना मात्रै खान्छन् । अन्तिम दिनमा उपस्थित सम्पूर्णलाई आयोजकबाट साधारण भोजन वितरण र लामा गुरुहरूबाट आशीर्वाद छोग (प्रसाद) वितरण गर्दै कार्यक्रम समापन गरिन्छ ।

खास गरी बुद्ध धर्म अनुसार कार्तिक महिना (दावा ग्येपा) को त्रेयोदसिदेखि अष्टमी ४ दिनसम्म न्युङने पूजा व्रत बस्ने गर्दछन् । यो पूजाको विशेषता हिन्दु धर्म अनुसार दसैँ पर्व पर्ने भएकाले अधिकतम सङ्ख्यामा पशुपन्छीहरूले जन्म लिन पाउन मानव जातिले पनि पुनर्जन्म पाउ भन्ने धर्म संस्कार अनुसार व्रत बस्ने गरिन्छ ।

पूजामा लामा धर्म गुरुहरू र माने आमाहरू उपस्थिति भई नमो अवलोकेश्वर (चेङरिसी) को माने जप गरिन्छ । त्यस समयमा एक अर्कोमा बोल्ने चलन समेत बन्द गरिन्छ । २४ घण्टासम्म व्रत बस्नेहरूले पानी समेत पिउदैनन ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका