बैदेशिक रोजगारमा जानेलाई ग्लोबलले ल्यायो ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना’

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
28 Shares
काठमाडौं

ग्लोबल आइएमई बैङ्कले ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी श्रमिकहरूका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्ने बैङ्कले जनाएको छ । यो कर्जा १२.८० प्रतिशतको स्थिर ब्याजदरमा पाइने बैङ्कले उल्लेख गरेको छ ।

२१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आइएमई बैङ्कमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकहरूले यस योजनाअन्तर्गत आइएमईपे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

बैङ्कले नेपाल, भारत र भुटान बाहेक मलेसिया, साउदी अरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरूमा वैदेशिक रोजगारीका लागि जानेहरूलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध हुनेछ ।

उक्त कर्जाको अवधि १८ महिनाको रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका