ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘सद्भाव र रङहरु’

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
140 Shares
काठमाडौं

काठमाडौं नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘सद्भाव र रङहरु’ कार्यक्रम शुक्रबारबाट सुरु भएको छ ।

काठमाडौं विश्वविद्यालयको विद्यार्थी कल्याणकारी परिषद्को आयोजनामा कला र शिक्षालाई एकैसाथ लैजाने हेतुले प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, विश्वविद्यालयका उपकुलपति प्रा.भोला थापा लगायतकाको उपस्थितिमा कार्यक्रम थालनी गरिएको हो ।

कार्यक्रममा बोल्दै कुलपति हार्तम्छालीले कला शिक्षासँग समाजलाई जोड्ने र रैथाने कला शिक्षालाई प्राज्ञिक रुपमा नयाँ पुस्तामा पनि जोड्दै लैजानुपर्ने बताए । कला क्षेत्रको समीक्षा लेखनमा थोरै सहभागिता हुने गरेको प्रसंग जोड्दै यसमा आकर्षण बढाउने प्रयत्नमा लागेको सुनाए। ‘मानवशास्त्रको विज्ञानले गर्ने कुरा जटिल रहेको छ । कहिलेकाहीँ दुईमा दुई जोड्दा पाँच पनि हुन्छ’, उनले भने, ‘हामी विश्व–विश्व भनेर अमेरिका, अस्ट्रेलियाको सपना देख्छौँ तर त्यहीँको संस्कृतिलाई खोज्नेभन्दा पनि हाम्रो दर्शन खोज्नु मुख्य कुरा हो ।’  कला शिक्षामा सरकारले वास्ता नगरेको अवस्थामा केयुले गरेको प्रयत्न सरहानीय रहेकोे उनले मत राखे।’

केयुका उपकुलपति प्रा.डा.भोला थापाले ७ वटा स्कुलहरुमा  कलाको विषयलाई अघि बढाउँदै लैजाने कुरा जानकारी दिए। उनले भने, ‘हामीकहाँ आर्टका प्रोग्रामहरु पनि भइरहेका छन् । हामी सिक्दै जाने, सिकाउँदै जाने र आगामी दिनहरुमा यस्ता कार्यहरुलाई विस्तार गर्दै लानुका साथै भविष्यमा राम्रो गर्दै लानेछौं ।’

३ दिनसम्म हुने कार्यक्रमले आशा गरे अनुसारको परिणाम दिने अपेक्षा उनले राखेका छन् । कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, प्रा.डा.राजेन्द्र जोशी, प्रा.जनार्दन लामिछाने, प्रा.मनिष पोखरेल, ऋषिराज पोखरेल, इक्कुमाया पुन लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका