पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छ : मेयर चिन्तन

मलाती मोक्तान संवाददाता
0 Shares
धनकुटा

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले स्थानीय स्तरमा पर्यटन प्रवद्धन गर्नका लागि सबैभन्दा पहिला पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएको छ । शनिबार हिले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास संस्थाको पाँचौ वार्षिक साधरणसभामा सहभागीका क्रममा गाउँ, सहर र नगर बिकासको लागि भौतिक पूर्वाधार बिकासलाई पहिलो प्राथमिकता राखेर अघि बढिरहेको बताएको छ ।

मेयर तामाङले क्रमागत योजना अनुसार बक्रकुण्ड मन्दिरको थप व्यवस्थापन गर्ने, मन्दिर नजिकै भ्यू प्वइृण्ट निमार्ण, रत्न रिङरोडलाई विकास गर्न सकिने र पीकनिक स्पोर्टको रुपमा विकास भइरहेको,ओक्मालुङको लुङधाङ गुफा, झरना, झोलुङगे पुल,न्युरोडमा बुद्धपार्क निर्माण, त्रीशुलेबाट देखिने सनराईजका दृश्याबलोकनका लागि व्यवस्थापन, हिले बजारको गुम्बालाई प्रदेश १कै उत्कृष्ट गुम्बा बनाउने र हिले सिरानको रत्न षडेश्वर शिवालय मन्दिर लगायतलाई व्यवसथापन गर्ने सहितका कामहरू भैरहेका बताए ।

मेएर चिन्तनका अनुसार घण्टाघर निर्माणका लागि आर्थिक वर्ष २०७६मा विनियोजन भइसकेको र गुम्बा विकासका लागि पनि यही वर्ष बजेट प्राप्त हुनेछन् ।

धनकुटा नगरपालिका वडा नं. १का वडाध्यक्ष निरेन तामाङले हिलेमा पर्यटन प्रवद्धनका लागि पूर्वाधार विकास आवश्यक रहेको भन्दै सोही अनुसार अहिले यहा सात वटा पर्यटककीय बिन्दु भ्यू प्वइण्ट निमार्ण भइरहेको जानकारी दिए ।

त्यसैगरी कृषि पर्यटन प्रवर्द्धनका लागि अहिले नमुना गाउँ कार्यक्रम सञ्चालन केन्द्रीय ढल निकास विभाग तथा सरसफाई खानेपानी विभागले ९ करोडको ठेक्का लगाइसकेकोले दशै तिहारपछि हिले बजारको सडक निर्माणको काम शुरु हुने वडाध्यक्ष निरेनले बताए ।

त्यस्तै सस्थाका अध्यक्ष विष्टले एक वर्षमा स्थानीय स्तरको ५० प्रतिशत बजेट मात्र पर्यटन प्रवद्धनका लागि लगानी गरेर एउटै मात्र महत्वपूर्ण काम गर्न सकको उपलब्धि मूलक हुने धारणा राखेका थिए । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७५।७६ को आयव्यय विवरण सचिव चन्द्र कृष्ण ठकुरीले प्रस्तुत गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया