थाम्वुचेतको ज्येष्ठ नागरिक सेवा केन्द्र पुनः सञ्चालनमा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
308 Shares
रसुवा

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ थाम्बुचेतमा रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र पुनः सञ्चालनमा आएको छ ।

हिमालयन मानव सेवा समाज द्वारा सञ्चालित ज्येष्ठ नागरिक सेवा केन्द्र भूकम्प पछिको ८ वर्षपछि असार २२ गतेबाट पुनः सञ्चालनमा आएको हो ।

गाउँपालिकाको संरक्षकत्वमा रहेको उक्त संस्था २०७१ सालमा ७ जना ज्येष्ठ नागरिकबाट सुरु भएको थियो । तर सेवा केन्द्र २०७२ को भूकम्पले भत्काइएको थियो । ८ वर्षपछि पक्की भवन वनेपछि असार २२ गते विधिवत् रूपमा उद्घाटन भएको हो ।

हाल ५ जना बेसाहारा ज्येष्ठ नागरिकहरू यस सेवा केन्द्रमा छन् । अरू बेसहाराहरूलाई पनि सेवा प्रदान गर्छौ‚ समाजका अध्यक्ष वालकृष्ण श्रेष्ठले जानकारी दिए ।

संस्थाको भवन उद्घाटनमा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे समन्वय उपप्रमुख विजय लामा, गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका प्रमुख वुचुङ तामाङ, उतरगया गाउँपालिका प्रमुख माधव अर्याल, आमाछोदिङमोकी उपाध्यक्ष चण्डिका तामाङ, जिल्ला स्थित ३ वटै राजनीतिक दलका प्रमुख र वडा अध्यक्ष लगायत सरोकारवालाहरूको उपस्थितिमा भवन उद्घाटन भएको हो ।

कार्यक्रममा खाद्यान्न समेत प्रदान गरिइएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका