गत पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राजधानी उपत्यकामा गुडाउने गरी तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको थियो । निर्णय भएको पाँच महिना बितिसके पनि विद्युतीय बस किन्ने योजनाले मूर्त रुप लिन सकेको छैन ।
सरकारले राजधानीमा प्रदूषण र ट्राफिक जाम काम गर्ने भन्दै विद्युतीय बस किन्न लागेको हो । अहिलेसम्म विद्युतीय गाडी कुन मोडलमा खरिद गर्ने भन्ने निक्र्यौल नहुँदा उक्त निर्णय अन्योलमा परेको छ । यो समाचार आजको नागरिक दैनिकबाट लिएका हौं ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1