तामाङ समाज ओमानको अध्यक्षमा मोक्तान 

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
427 Shares
ओमान

नेपाल तामाङ समाज ओमानको अध्यक्षमा पासाङ तामाङ(मोक्तान) चयन भएको छ । मोक्तानलाई ओमानको मस्कटस्थित घाला अजेवा होटेलमा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा चयन गरिएको हो ।

शुक्रवार सम्पन्न समाजका अधिवेशनले वरिष्ठ उपाध्यक्ष रीना योन्जन, उपाध्यक्ष राजु वाइबा, महासचिव सानुमाया थिङ, सचिव, गौरी योन्जन, सहसचिव ज्ञानु मोक्तान, कोषाध्यक्ष सुनिता स्याङ्तान, सह कोषाध्यक्ष सीता पाख्रिन चयन गरेका छन् । त्यसै गरी सदस्यहरू क्रमशः अनिता गोले, बल,विकास मोक्तान, मनोज तामाङ, कृष्ण स्याङ्तान, रिता मोक्तान, फुलमाया तामाङ, शान्ति तामाङ, मिना तामाङ, मनिका तामाङ, सोनाम योन्जन, राम वाइबा, अरिया तामाङ, सविना वाइबा, सानु घिसिङ र जानुका तामाङ रहेका छन् ।

त्यसै गरी समाजको संरक्षकमा पूर्वा रुम्बा, तेजबहादुर बम्जन(प्रेम) रहेका छन् । साथै सल्लाहकारहरूमा विनोद बल, जीवन योन्जन, जोगेन मोक्तान, ज्ञानबहादुर बम्जन, चक्रमान तामाङ, उर्मिला वाइबा तामाङ रहेका छन् ।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले शुभकामनाका क्रममा संस्थासँग दूतावासले गरेको सहकार्य अविस्मरणीय रहेको बताए । संस्थासँग दूतावासको सहकार्य निरन्तर रहने र त्यसका लागि आफूले सक्दो प्रयास गर्ने राजदूत अर्यालको भनाइ थियो । उनले  सहयोग गर्ने प्रतिबद्धतासमेत गरे । त्यस्तै कार्यक्रममा तमु समाजका महासचिव निशेक तमु, मगर संघका महासचिव दिल मगर लगायतका अन्य संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

तामाङ समाज ओमानले समाजसेवी रमेश प्याकुरेल लगायत अन्यलाई मायाको चिनो र प्रशंसा पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा आकृति भुसाल, सीता पाख्रिन तामाङ लगायत अन्य कलाकारहरूको बृहत् प्रस्तुति रहेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन सानुमाया थिङले गरेकी थिइन् । भने स्वागत मन्तव्य कृष्ण तामाङ राखेका हुन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका