प्रधानमन्त्रीको पत्नी सीताको निधन, ११ देखि १ बजेसम्म पेरिसडाँडामा राखिने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
231 Shares
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ ।

बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियाक अरेष्ट’ भनेको छ ।

दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ ।

उनको पार्थिव शरीर बिहान ११ बजेसम्म पार्टी कार्यालयमा राखिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ। उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले बताएको छ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको थियो। प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुगेका छन् भने अहिले नर्भिक अस्पतालमा नेता, कार्यकर्ता र शुभेच्छुक भीड छन् ।

तपाईको प्रतिक्रिया