व्यवसायी किसानलाई सोलर वितरण

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
252 Shares
रसुवा

रसुवाको आमाछोदिङमो गाउँपालिकाभित्रको खर्कमा बस्ने व्यावसायिक पशुपालन कृषकहरूलाई सोलर प्रदान गरेको छ ।

गाउँपालिकाले खर्क उज्यालो कार्यक्रम अन्तरगत याक, नाकचौरि तथा भेडा बाख्रा पाल्ने किसानहरूलाई निःशुल्क सोलर वितरण गरेको हो । लेकमा बस्न विद्युतको अभावले मट्टितेल, दियालो बाल्नुपर्ने बाध्यतालाई पर सारी कृषकलाई सौर्य ऊर्जा प्रणाली गाउँपालिकाले वितरण गरेको अध्यक्ष बुचुङ तामाङले जानकारी दिए ।

‘पालिकाले १७ लाख ६० हजार रुपैयाँमा दुई वटा बत्ती बाल्न मिल्ने र दुई वटा मोबाइल चार्ज गर्न मिल्ने सोलर खरिद गरिदिएको छ’‚ अध्यक्ष तामाङले भने‚ ‘गत्लाङ, ग्रे, चिलिमे, गोल्जुङ, हाकु गरी पालिकाको पाँच वटै वडाका २ सय २० वटा गोठलाई सोलर वितरण गरिएको हो ।’

भौगोलिक हिसाबले पनि उच्च ठाउँहरूमा विद्युतलाई विस्तार गर्न कठिनाइ भइरहेका अवस्थामा सोलरले किसानहरूलाई परेको समस्याप्रति सहज हुने विश्वास लिइएको अध्यक्ष तामाङले बताए ।

कृषकलाई रातिको समयमा पनि दूधजन्य बस्तुको काम गर्न सहज र व्यवस्थापन गर्न सहज हुने बताइएको छ ।

सोलर पाएपछि चौँरी गोठालाहरूले अब प्लास्टिकका भाँडामा दूध राख्दा बिग्रने समस्या प्रबल हुने हुँदा यसलाई पनि मध्यनजर राखी समाधान गर्न पाए थप खुसी हुने बताएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका