विपिन कार्कीको कमलामाई अवतार

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
168 Shares

सुहाना इन्टरटेनमेन्टको प्रस्तुतिमा सुनिल कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘एक भगवत् गीता’मा अभिनेता विपिन कार्कीलाई कमलामाई अवतार प्रस्तुत गरिएको छ । फिल्मी युनिटले शुक्रबार सार्वजनिक गरेको ट्रेलरमा कार्कीको उक्त अवतार देख्न सकिन्छ ।

फिल्ममा कार्कीसँगै सुहाना थापा, नायक धिरज मगर, कविर खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ । अभिनेत्री थापाको अवधारणामा निर्माण भनिएको फिल्ममा निर्देशक थापाको कथा,  थापासहित सरिना पोखरेल, परिच्छेद सेन, पुरुषोत्त ढुंगेलको पटकथा रहेको छ ।

भदौको २९ गतेबाट रिलिज गरिने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, सेन र ढुंगोलको संवाद छ । फिल्मको छायांकन जनकपुर र पोखरामा गरिएको हो ।

तपाईको प्रतिक्रिया