२१० औँ आदिकवि भानुभक्त को जन्म जयन्ती बालाजु बाइसधारामा कविता वाचन सहित सम्पन्न भएको छ ।
बाइसधारा भानु कला समूहको सहयोगमा काठमाडौँ महानगर पालिका उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना अन्तर्गत बालाजु बाइसधारा उद्यान मा आयोजना गरेको २१० औँ भानुजयन्ति तथा कविता वाचन कार्यक्रममा स्थानीय कवि कलाकार साहित्यकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यालय प्रमुख दामोदर लामाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व राज्यमन्त्री रामवीर मानन्धर थिए भने विशेष अतिथिहरूमा काठमाडौँ क्षेत्र ७ का सभासद् गणेश पराजुली काठमाडौँ महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजाल, वरिष्ठ साहित्यकार श्रीहरि फुयाँल, विशिष्ठ कलाकार उत्तम केसी रहेको थियो ।
कार्यक्रम उपस्थिति सबैले भानुभक्तको सालिकमा अबिर फुलमाला अर्पण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।
यसै गरी कार्यक्रममा कवि साहित्यकारहरुले कविता वाचन गरेका थिए । कविता वाचन गर्नेहरूमा श्रीहरि फ्याल, वैरागी जेठा र रसुबाली कवि ठाकुर तिमिल्सेना, भोजराज न्यौपाने ,दिल कुमारी डङ्गोल, यज्ञराज घिमिरे, वासुदेव गुरागाईँ प्रकाश घायल, दामोदर लामा, माधव विडारी, (चेतनाथ) घनश्याम, पुडासैनी, ओम नमो शिवाय रामशरण कोइरालाले कविता वाचन गरिएको थियो ।
साहित्यकार श्रीहरि फुयाँलले बाइसधाराभित्र कवि भानुभक्त स्थापनाको विषय र भानुको साहित्यकला को चर्चा गर्दै भानु प्रति श्रद्धा व्यक्त गरिएको थियो ।
कार्यक्रममा उपस्थित रहनुभएकोमा राजुध्वज थापा, श्रीराम पुडासैनी, ध्रुवराज खड्का, सुरेन्द्र थापा,दिप्त अधिकारी, सुवास गौतम, विकास दास, सुरेन्द्र महर्जन लगायत १५० जनाको उपस्थित रहेको थियो ।
कार्यक्रममा दामोदर लामाले सदा झैँ यसबर्ष साहित्यकार कलाकारहरूको बिचमा विशेषरुपमा कार्यक्रम गर्न पाउँदा खुसी लागिएको र अझ व्यवस्थित तरिकाले मनाउन आगामी वर्षको लागि पनि १६ नं। वडा अध्यक्ष मार्फत आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दै उपस्थित सबैलाई स्वागत तथा हार्दिक धन्यवाद विज्ञापन गरिएको थियो ।
यसै गरी १६ नं वडाका अध्यक्ष मुकुन्द रिजालले भानु जयन्तीको विशेष चर्चा गर्दै आगामी वर्षको लागि बजेटको व्यवस्था गरिदिने आश्वासन दिएको हो । ७ नं क्षेत्र काठमाडौँका सभासद् गणेश पराजुली पनि भानुको विषय विशेष उल्लेखनीय कुरा गर्दै भानुप्रति श्रद्धा व्यक्त गरे । त्यस्तै गरी प्रमुख अतिथि रामवीर मानन्धरले सदाझैँ यस वर्ष पनि बाइसधारा भानुजयन्ति मनाउन पाउँदा खुसी लागेको र अझै राम्रो व्यवस्थित रूपमा कार्यक्रम गर्न सुझाव दिनुका साथै बालाजु पार्कको संरक्षणमा ध्यान दिन नगरपालिकालाई अनुरोध गरे ।
अन्तमा बाइसधारा भानुकला समूहका तर्फबाट कलाकार उत्तम केसीले सबैलाई धन्यवाद दिई कार्यक्रमलाई अन्त्य गरिएको थियो ।
कार्यक्रमको सहजीकरण यज्ञराज घिमिरे (गोपाल) ले गरिएको थियो ।