लम्पी स्किन पीडित किसानलाई राहत माग गर्दै बागमती प्रदेश सांसद श्रेष्ठ र नगर प्रमुख खत्री

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
119 Shares
भक्तपुर

बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत दिनुपर्ने माग गरिएको छ ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठलाई लम्पी स्किनबाट चाँगुनारायण क्षेत्रका ८० प्रतिशत गाई सङ्क्रमित भएको समग्र भक्तपुरमा ७५ प्रतिशत भन्दा बढी गाई सङ्क्रमित भएको बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले जानकारी दिएको थियो ।

साना किसानको रोजी रोटीको रूपमा रहेको गाई पालन पेसा नै धरापमा परेको भन्दै उनीहरूलाई राहत प्याकेज ल्याउनु पर्ने उनले माग गरिएको थियो ।

एउटा गाई खरिद गर्न एक लाख भन्दा बढी पर्छ साना किसानले दुई चार पालेका गाई बाछा भटाभट लम्पी स्किन सङ्क्रमणबाट मर्न थालेपछि साना किसानको उठीबास नै लागेको उनले मन्त्रीलाई बताएको थियो ।

किसानलाई प्याकेजको रूपमा राहत दिन मन्त्रालय लागी पर्नु पर्ने उनको माग रहेको थियो । भक्तपुरमा चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा धेरै गाई पालन गर्ने किसान रहेका थोरै मात्रामा भक्तपुर नगरपालिका अनि थिमीमा गाई पालक किसान लम्पी स्किनबाट प्रभावित भएको उनले जानकारी गराएको थियो ।

भूगोलको हिसाबले भक्तपुर जिल्लाको ५७ प्रतिशत हिस्सा ओगटेको चाँगुनारायण नगरपालिकाका ८० प्रतिशत गाईमा लम्पी स्किन सङ्क्रमण फैलिएको चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले मन्त्रीलाई जानकारी दिएको थियो ।

उनले हालसम्म चाँगुनारायणमा मात्र हजार भन्दा बढी गाईको मृत्यु भइसकेको समेत जानकारी दिएको छ । टोल टोलमा गाई व्यवस्थापन गर्न समस्या नै आई सकेको बताउँदै उनले गाई फाम सञ्चालन गर्नेहरूको अझ ठुलो बिजोग भएको मेयर खत्रीले बताए ।

आफ्नो नगरमा ६० प्रतिशत भन्दा बढी किसानले गाई पालन गर्दै आएको बताउँदै उनीहरूको सपना लम्पी स्किनले सखाप बनाएको मेयर खत्रीले बताए ।

नगरपालिकाले रोग नियन्त्रणका लागि प्रचार प्रसार देखि खोप कार्यक्रमका लागि नगरबाट १० लाख रकम विनियोजन गरी रोग नियन्त्रण तथा खोप कार्यक्रम गर्दै आएको समेत प्रमुख खत्रीले जानकारी दिए ।

खोप जनचेतना दिँदा दिँदै पनि यो रोगका कारण नगरका अधिकांश किसान पेसाबाट नै विस्थापित हुने अवस्थामा पुगेका कारण उनीहरूलाई राहत स्वरूप प्रदेश सरकारले केही प्याकेजका रूपमा प्रदान गर्नुपर्ने उनको पनि माग रहेको थियो ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा राजेन्द्रमान श्रेष्ठले रोगको विषयमा आफूलाई जानकारी भएको तर यस्तो भयावह अवस्थामा भक्तपुर पुगेको विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी दिए । उनले प्रदेश सरकारले राहत स्वरूप के गर्न सक्छ आफूले क्याबिनेटमा राखेर राहत प्याकेज ल्याउन लागी पर्ने समेत जानकारी दिए ।

उनले रोग रोकथामका लागि चाँगुनारायणमा प्रदेशले १५०० डोज खोप पठाएको र थप चाहिएमा खोप तथा प्राविधिक सेवा दिन आफूहरू २४ घण्टा नै सक्रिय रहेको समेत उनले जानकारी दिए ।

भक्तपुरका चार नगरपालिकामा करिब २० हजार भन्दा बढी किसानले गाई पालन गर्दै आएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका