मिस्टर नेपालको अन्तिम प्रतियोगी सार्वजनिक‚ ग्राण्ड फाइनल शनिबार

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
126 Shares
काठमाडौं

‘मिस्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिस्टर वर्ल्ड’को ताज नेपालले हात पानमा आस गर्न सकिने बताएका छन् । ‘मिस्टर नेपाल’का प्रतियोगीका रूपमा यो पटक एकसेएक प्रतियोगी रहेकोले मिस्टर नेपालको उपाधि जसले जिते पनि मिस्टर वर्ल्ड नेपाल भित्र्याउन उ सक्षम रहेको नेक्स्ट मोडल्स नेपाल सिइयो रवि धमलाको धारणा रहेको थियो ।

‘यो पटक हामीले प्रतियोगीको प्रशिक्षणदेखि हरेक कुरो उत्कट गरेका छौ’, धमलाले भने ‘मलाई विश्वास छ । यो पटक ‘मिस्टर वर्ल्ड’को ताज नेपाल आउने छ ।’ मिस्टर नेपालमा विगतका भन्दा उत्कृष्ट प्रतियोगी यस पटक रहेको धमलाले दाबी गरे ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा नेक्स्ट मोडल्स नेपालले प्रतियोगी सार्वजनिक गर्दै तयारीको समेत जानकारी दिएको छ ।

कार्यक्रममा कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रतियोगीको विविधताबारे जानकारी दिए । यो पटक मिस्टर नेपालका प्रतियोगी हरेक पक्षबाट सक्षम रहेको अभिनेता तथा प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकारले बताए ।

‘हामीले प्रतियोगीलाई प्रतियोगिता केन्द्रित भन्दा पनि जीवन उपयोगी प्रशिक्षण दिएका छौ’, ताम्राकारले भने ‘उपाधि एउटाले जित्छ । अधिकांश प्रतियोगिता फम्र्याट त्यस्तै हो । तर समाजमा सबै प्रतियोगी अब्बल भने देखिनेछन् ।’ प्रतियोगितामा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायतका व्यक्ति प्रतियोगीका रूपमा रहेको जानकारी दिएका ताम्राकारले समाजमा पुरुष सौन्दर्य प्रतियोगीताकलाई हेर्ने दृष्टिकोण समेत बिस्तारै फेरिएको धारणा राखे ।

१५ औँ संस्करणसम्म एक्सपोज नेपालले आयोजना गरेको प्रतियोगिता गत वर्षबाट नेक्स्ट मोडल्सले आयोजना गर्दै आएको हो ।

कार्यक्रममा एक्सपोज नेपालकी अध्यक्ष अर्चना थापाले नेक्स्ट मोडल्सले उत्कृष्ट प्रतियोगिता गर्ने अपेक्षा सहित मिस्टर नेपाल जिम्मा दिएको जानकारी दिइन् । ‘मिस्टर नेपाल देशकै उत्कृष्ट प्रतियोगिताको रूपमा चिनाउने उद्देश्यले आयोजना गर्दै आएका थियौ । बिचमा मेरो स्वास्थ्यले साथ दिएन’, थापाले भनिन् ‘नेक्स्ट मोडल्सले मेरो विश्वास कायम राखेको छ ।’ प्रतियोगिता यस पटकबाट नेपालकै नम्बर वान प्रतियोगिता भएको दाबी उनको छ ।
कार्यक्रममा २० अन्तिम प्रतियोगी समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा सबै प्रतियोगीले आफ्नो परिचयको अलावा प्रतियोगितामा आउनुको उद्देश्य समेत मिडिया राखेका थिए ।

प्रतियोगीमा निमेश कपाली (काठमाडौँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भक्तपुर), समर्पण कार्की (विराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाईँ (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमन्ड ढुङ्गाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रवीण पाठक (झापा) रहेका छन् । निमेश कपाली (काठमाडौँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भक्तपुर), समर्पण कार्की (विराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाईँ (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमन्ड ढुङ्गाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रवीण पाठक (झापा) लगायत प्रतियोगी छन् । प्रतियोगीका प्रतियोगिता विद्यार्थीदेखि डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायत विभिन्न फिल्डबाट सहभागी छन् ।

न्युलुक ‘मिस्टर नेपाल २०२३’को नामबाट आयोजना हुन लागेको प्रतियोगिताको ग्राण्ड फाइनल आगामी शनिवार दरबारमार्ग स्थित होटेल याक एन्ड यतिमा एक भव्य समारोहकाबीच आयोजना हुँदैछ ।
प्रतियोगितामा शीर्ष सहित विभिन्न विधागत गरेर १२ विजेता छानिनेछ । शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’मा नेपालको प्रतिनिधित्वको अलावा ५ लाख बराबरको पुरस्कार जित्न सक्नेछन् । प्रतियोगिताको शीर्ष सहित अन्य ४ महत्त्वपूर्ण विधाका विजेताले पनि यो पटकबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

देशभर आयोजना भएको अडिसनमा छानिएका उत्कृष्ट २० प्रतियोगीलाई फाइनलका लागि आयोजकले स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विधामा प्रशिक्षण दिएको छ ।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूको सहभागिता रहेको नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

प्रतियोगिताको फाइनल स्पर्धामा अभिनेत्री आँचल शर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा.आयुष्मान घिमिरे, शैलजा अधिकारी, विश्व किरण जैन लगायत निर्णायक रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका