रसुवामा पनि लम्पि स्किन फैलियो‚ किसान त्रसित

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
630 Shares
रसुवा

रसुवा जिल्लामा पनि पशुहरूमा देखा परेको लम्पि स्किन रोगबाट पशुहरू प्रभावित भई कृषकहरूलाई क्षति पुगेको छ ।

उतरगया गाउँपालिका पशु शाखा प्रमुख सुनबहादुर तामाङका अनुसार यस गाउँपालिका को ५ वटा वडामा नौ सय वटा गाई गोरु‚ दुई हजार वटा भैँसी, १० हजार वटा बाख्रा, ६ सय वटा बङ्गुर मध्ये हालसम्म एक सय ८ वटा बिरामी परेको बताए । १८ वटाको मृत्यु भएको र ४३ वटा उपचार भइसकेको र ५० वटा उपचार भइरहेको बताए । यस रोगका कारण लगभग ३ लाखको क्षति पुगेको उनको भनाइ छ ।

नौकुण्ड गाउँपालिका पशु स्वास्थ्य प्रमुख सुमन घिमिरेका अनुसार नौकुण्डको सबै वडामा गाई भैँसी ४ हजार ५ सय, बाख्रा १२ हजार, बङ्गुर १ सय वटा, चौरि ४ सय वटा रहेकोमा रोग लागेको पशुको सङ्ख्या ४ सय वटा रहेको बताए । ४४ वटा भन्दा माथि मृत्यु भइसेकेको र अन्यको उपचार भइरहेको उनले बताए । रोगका कारण गाउँपालिकाका किसानहरूको २० देखि २२ लाखको क्षति भएको प्रमुखष घिमिरेले बताए ।

त्यस्तै कालिका गाउँपालिकामा १ सय ४६ वटा गाईबस्तुहरूमा यो रोगको सङ्क्रमण भएको पुष्टि गरिएको छ । उपचारको क्रममा ९ वटा को मृत्यु भएको छ भने ४० वटाको उपचार भइसकेको गाउँपालिका पशुस्वास्थ प्रमुख बुद्धि न्यौपानेले जानकारी दिए ।

उपचार गर्न सुरु भइसकेपछि निको हुन एक डेढ महिना लाग्ने पशु स्वास्थ्य प्रमुख न्यौपानेको भनाई छ ।

गोसाईंकुण्ड गाउँपालिकाको ६ वटै वडामा रोग लागेका गाई ६ सय १२, चौरि १ सय ७५ रहेका छन् । उपचार भएका पशु ७ सय ८७ वटा, मरेका पशु ६३ वटा रहेको गोसाईंकुण्ड गाउँपालिका पशु स्वास्थ्य प्रमुख सुरेश बडालले जानकारी दिए ।

अहिले देशैभर यो रोगले पशुमा महामारी फैलिरहेको छ । रसुवामा भने यो रोग उपचारका लागि पशु डाक्टरलाई कुनै कसरत बाँकी नराखेको गाउँपालिकाहरूले जनाइएको छ। यो नियन्त्रण बाहिर नभएको पनि उनीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका