रसुवा जिल्ला भित्र ट्राफिक नियम उल्लङ्घन गर्दा पाँच हजार तीन सय २५ चालक कारबाहीमा परेका छन् ।
कारबाही गरेबापत उनीहरूबाट ५४ लाख ८८ हजार राजश्व सङ्कलन भएको छ ।
जिल्ला ट्राफिक कार्यालय रसुवाको अनुसार कारबाहीमा पर्नेहरू मा दुई हजार आठ सय आठ ट्रक का चालक,एक सय ३४ कार र जिपका चालक,तीन ट्याक्टर का चालक,एक हजार एक सय ८१ मोटरसाइकल रहेका छन् ।
उक्त समयमा १६ वटा साना ठुला सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए ।
जिल्ला ट्राफिक इन्चार्ज प्रकाश पाण्डेका अनुसार रसुवा ट्राफिक प्रहरीले विद्यालय स्तरमा जनचेतना मूलक कार्यक्रम समेत गरी ७० जना विद्यार्थी, ९ सय ९५ जना व्यवसायी तथा सवारी चालक,सहचालक तथा १ हजार तीन सय ३४ सर्वसाधारण को सहभागितामा यात्रा गर्नु अधि सवारी साधन चढ्दा र अोर्लदा यात्रुले पालन गर्नुपर्ने कुरा, यात्रुलाई चालकले गर्नुपर्ने व्यवहार तथा नीति नियमका विषयमा प्रशिक्षण समेत दिइएको बताइएको छ ।