तामाङ चलचित्र ‘म्युङ पुजू’ दोस्रो गीत सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

तामाङ कथानक चलचित्र म्युङ पुजू को दोश्रो गीत यानकी “जकि जकि ए न्होङ्गै“ भिडियो सार्वजनिक भएको छ । यो गीत दमदार डान्सिङ नम्बरमा तयार गरेका छन् । वास्तवमै कुनै पनि चलचित्रमा जति मायापिरतीको गीतको महत्व छ, त्यति नै नृत्यसंग सम्बन्धित गीतको पनि महत्व राख्दछ । जसकारण यो गीतले चलचित्रलाई थप आकर्षक बनाउने पक्का रहेको निर्माण पक्षले जानकारी दिए ।

भिडियोमा नव नायक प्रेम तामाङ र नायिक सुष्मा मोक्तानले नृत्य प्रस्तुत गरेका छन् । अहिलेसम्म सार्वजनिक भएका भिडियोहरुमा दुवैमा उनलाई देख्न सकिन्छ । यसैले पनि उनी कुन नायकको भागमा पर्छन त ? भन्ने प्रश्नको उत्तर भने चलचित्र हेर्नैपर्ने हुन्छ । निर्माण पक्षले दिएको जानकारी अनुसार छिटै नै चलचित्र दर्शकमाझ ल्याउने तयारी गरिरहेको छ ।

तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्मित चलचित्रलाई कान्छी माया गोलेले निर्माण गरेका हुन भने आजय स्याङ्तानले निर्देशन गरेका हुन । नायक प्रेम गोले र नायक इश्वर लामाको प्रस्तुती रहेको चलचित्रमा नायिका सुष्मा मोक्तानको अभिनय शसक्त रहेको निर्मात्री गोलले बताइन् ।

बिक्रम मोक्तानले छायांकन गरेको यस चलचित्रको कथा लेखन सुजन तामाङ, पटकथा रितुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ तथा सह निर्देशकमा बद्री तामाङ रहेको छ । साथै कलाकारहरुमा वीरबहादुर गोले तामाङ, अभिनाश तामाङ, सुजल तामाङ, राजु तामाङ, भिम तामाङ, प्रिङका रेग्मी, हिमा पाख्रिन, लक्ष्मी तामाङ लगायतको अभिनय रहेका छन् ।

यो गीतमा संगीत प्रयास दोङ, स्वर विशाल काल्तान र गायिका जितु लोप्चनले दिएका छन । शब्द कुमार स्याङ्बा, एरेन्ज मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका