थापागाउँस्थित मण्डला थिएटरमा जीवन र संघर्षको चक्रलाई अनुभुति गराउने संवेदी नाटक ‘चक्र’ मञ्चन सुरु गरिएको छ ।
नर्वेमा सेन्सरी थिएटर अध्ययन गरेका रामहरि ढकालको नाटक ‘चक्र’ बिहीबारदेखि नियमित मञ्चन गरिएको हो । १५ जनाको संख्यामा सहभागिता जनाउन सक्ने नाटकमा सहभागीले विशेषगरी पाँच ज्ञानेन्द्रियहरु आँखा, नाक, कान, जिब्रो र छालाको माध्यमबाट आ- आफ्नो अनुभुतिहरु महसुस गर्न सक्छन् । विश्वमा कुनै एक ज्ञानेन्द्रिय मार्फत महसुस गराउने नाटकको फर्म प्रचलित रहेपनि ढकालले सबैलाई समावेश गरी नाट्य क्षेत्रमा नौलो आयामको सुरुवात गर्ने जमर्को गरेका छन् ।
एक वर्षअघि मण्डलामै उनले यस्तै ‘इन्साड- आउटसाइड’ नाटक प्रस्तुत गरेका थिए । उक्त नाटकमा युद्धलाई जोडेपनि उनले पछिल्लोपटक भने आम मानिसको जीवन र कुनै चिज प्राप्तिका लागि उनीहरूले गर्ने संघर्षलाई समेटेका छन् ।
ढकालको परिकल्पना तथा निर्देशन रहेकोे नाटक साउन १४ गतेसम्म मञ्चन हुनेछ ।