प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४२ औँ स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी सङ्घ मकवानपुरले वृक्षारोपण तथा डष्टबिन वितरण कार्यक्रम आयोजना गरेको छ। सङ्घले शुक्रवार हेटौँडा १३ पदमपोखरीमा वृक्षारोपण तथा डष्टबिन वितरण कार्यक्रम आयोजना गरेको हो।
सङ्घले पदमपोखरीको बाडाचौर मिनी पार्कको सुन्दरता र सरसफाइ रहने विश्वासमा नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेश प्रदेशसभा सदस्य माननीय इन्द्रबहादुर बानियाँको सहयोगमा डष्टबिन वितरण गरी ५० भन्दा बढी बिरुवा रोपेको थियो।
नेपाली काँग्रेस मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामाको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै, नेविसंघ मकवानपुर जिल्ला उपाध्यक्ष शुसन रुम्बाको सभाध्यक्षता रहेको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य राजकुमार वाइबा, धिरेन्द्र लामा ९धिरेन०,कालू घलान, क्षेत्रीय सह(सचिव सानुकान्छा दोङ्ग, नेविसंघ वरिष्ठ नेता मिलन पुडासैनी लगायतको सहभागी थिए ।
कोइरालाको स्मृति दिवसको अवसर पारेर सङ्घले शनिबार बिहान उनको सम्झनामा मकवानपुरगढी ४ स्थित मनकामना सामुदायिक बनमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दै छ । त्यस्तै, सङ्घले शनिबार बेलुका उनको सम्झनामा हेटौँडाको बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दै छ ।
साउन ६ गते बिपी कोइरालाको देहावसान भएको थियो । उनको योगदानको स्मरणमा काँग्रेसले प्रत्येक वर्ष साउन ६ गते बिपीलाई विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गर्छ । साहित्यकारको रूपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् ।