बोलमाया–२ को गीत ‘दमाई महाराज’ सार्वजनिक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
259 Shares
काठमाडौं

लोकगायक प्रकाश सपुतको बोलमाया–२ को गीत ‘दमाई महाराज’ सार्वजनिक भएको छ।

शुक्रवार उनले आफ्नै युट्युब च्यानलमार्फत उक्त बोलको गीत सार्वजनिक गरेका हुन्। प्रकाश सपुतको शब्द तथा सङ्गीत रहेको गीतमा शान्तिश्री परियार र सुदिप सागरले सङ्गीत संयोजन गरेका छन्।

गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपूत, अञ्जली अधिकारी, गीता ढुङ्गाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ।

मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायाङ्कन गरेको गीतलाई प्रवीण भट्टले सम्पादन गरेका छन्।

म्युजिक भिडियोमा प्रकाश सपुतकै लगानी, निर्देशन र कथा रहेको छ।

यस वर्ष सपुतले गीतसङ्गीतको माध्यमबाट जातीय विभेदविरुद्ध काम गर्ने बताएका थिए। गीतमार्फत उनले छुवाछुत तथा भेदभावविरुद्ध आवाज उठाएका छन्।

उनले यसअघि बजारमा आएका गलबन्दी र बोलमायाको कथा यहीँ सकिएको पनि जानकारी दिए । उनले भने‚‘कथा सकिएको छ तर व्यथा सकिएको छैन। सबैले आफ्नो ठाउँबाट व्यथाहरूको विरुद्ध बोलौँ… खराब व्यवस्थाहरूको विरुद्ध बोलौँ। म सिर्जनात्मक प्रयास गरिरहेको छु।’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका