बिपीको ४१ औँ स्मृति दिवस : काँग्रेस मकवानपुरद्वारा चियापान र भातृ तथा शुभेच्छुक संस्थामा मनोनीतलाई बधाई

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
77 Shares
हेटौँडा

नेपाली काँग्रेस मकवानपुरले प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं महामानव बिपीको ४२ औ स्मृति दिवसको अवसरमा शनिवार चियापान तथा मकवानपुरबाट काँग्रेसको पार्टी, भातृ तथा शुभेच्छुक संस्थामा मनोनीत केन्द्रीय सदस्य र बागमती प्रदेशका पदाधिकारी एवं सदस्यमा मनोनीतहरूलाई बधाई कार्यक्रम गरेको छ ।

काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा जिल्ला पार्टी कार्यालयमा भएको बिपी स्मृति कार्यक्रममा पार्टी र विभिन्न भातृ एवं शुभेच्छुक संस्थामा मनोनीत भएका २३ जना केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी र सदस्यहरूलाई बधाई दिएका हुन् ।

काँग्रेस बागमती प्रदेशका सङ्गठन विभाग प्रमुख माइकल रामचन्द्र अर्याल, जिल्ला सभापति लामा र जिल्ला उपसभापति आनन्द कठायतले बिपीले गरेको सङ्घर्ष र योगदानको बारेमा चर्चा गरिएको थियो ।

१९७१ भदौ २४ गते जन्मेका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका बिपीको २०३९ साउन ६ गते निधन भएको थियो ।

चियापान तथा बधाई कार्यक्रममा निको अस्पताल प्रालि तमु फार्मेसी हेटौडाद्वारा स्वास्थ्य जाँचसमेत गरेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका