नृत्य निर्देशक सङ्घ गोकर्णेश्वरको नयाँ कार्यसमिति चयन‚ अध्यक्षमा सेन्चुरी दोहोरियो

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
217 Shares
काठमाडौं

नृत्य निर्देशक सङ्घ नेपाल गोकर्णेश्वर नगर कमिटीको प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरिएको छ ।

शनिवार काठमाडौँको जोरपाटीस्थित जुम क्याफेमा आयोजित अधिवेशनले बाबु सेन्चुरीको नेतृत्वमा सात सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो ।

नयाँ कार्य समितिमा अध्यक्ष बाबु सेन्चुरी‚ उपाध्यक्ष सौरभ प्रधान‚ सचिव अभिषेक वाग्ले‚ कोषाध्यक्ष रोजिना बासकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सन्देश तामाङ टार्जन राई, सुरज तामाङ रहेका छन् ।

यस अघिको कार्यसमिति पनि बाबु सेन्चुरीकै नेतृत्वमा रहेको थियो ।

कार्यक्रममा नृत्य निर्देशक सङ्घका केन्द्रीय सहका सह कोषाध्यक्ष केशव कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यस्तै अतिथिहरू केन्द्रीय सदस्य एवं चौर देउराली गाउँपालिका वडा नं १ का वडा सदस्य बुद्ध लामा, नृत्य निर्देशक सङ्घ भक्तपुरका अध्यक्ष चूडामणि फुयाँल, ललितपुरका अध्यक्ष प्रदीप रमणसिंह डङ्गोल‚ कोषाध्यक्ष मैयाँ महर्जन‚ चन्द्रागिरि नगर कमिटीका अध्यक्ष कृष्ण राना मगर, काठमाडौँ जिल्ला शाखाका कार्यवाहक अध्यक्ष महेश थापा, सचिव देवराज गुरुङ लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि केशव कोइरालाले नृत्य निर्देशक सङ्घमा लागेर आर्थिक लाभ भन्दा पनि मान सम्मान र पहिचान पाएको बताए ।

त्यसैगरी केन्द्री सदस्य बुद्ध लामा‚ नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुर जिल्ला शाखाका अध्यक्ष चूडामणि फुयाँल‚ सङ्घ नेपाल काठमाडौँ शाखाका कार्यवाहक अध्यक्ष महेश थापाले कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सङ्घले हामीलाई पहिचान दिएको बताएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष बाबु सेन्चुरीले पहिलो कार्यकालमा जे जस्तो गरे त्यो सफल भएका छन् र अधुरा रहेका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने अठोट गरेका छन् । उनले बोल्न भन्दा काम गरेर देखाउने समेत प्रतिबद्धता व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका