नृत्य निर्देशक सङ्घ तार्केश्वर नगर कमिटी प्रथम अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ ।
शनिवार सम्पन्न अधिवेशनले टेक लामा ‘छिरिङ’ को अध्यक्षतामा ११ कार्यसमिति गठन गरिएको छ।
समितिको अध्यक्षमा टेक लामा ‘छिरिङ’‚ उपाध्यक्ष अनीश लामा‚ सचिव रबी कार्की‚ सहसचिव प्रभात श्रेष्ठ‚ कोषाध्यक्ष रुपा क्षेत्री र सह कोषाध्यक्ष दीपक गुरुङ चुनिएका हुन् ।
यस्तै सदस्यहरू पारस अधिकारी‚ सन्तोष कुमाल‚ आस्था लामा‚ पुनम गुरुङ र माया तामाङ रहेका छन् ।
कार्यक्रममा नृत्य निर्देशक सङ्घ केन्द्रीय कमिटीका केन्द्रीय सदस्य एवं चौरीदेउराली गाउँपालिका वडा न १ का वडा सदस्य बुद्ध लामाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सङ्घका गतिविधिहरू तुलनात्मक रूपमा प्रभावकारी भइरहेको बताए ।
यस्तै बाग्मती प्रदेशबाट उपाध्यक्ष अजय बिस्ट‚ काठमाडौँ जिल्ला कमिटीका उपाध्यक्ष सरु पोखरेल नयाँ कार्यसमितिलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएका थिए ।
अधिवेशनको बन्द सत्रमा कोषाध्यक्ष रुपा क्षेत्रीले आय व्यय प्रस्तुत गरिएको थियो भने अध्यक्षले यसअघि कार्यकालका गतिविधिहरू प्रस्तुत गरेका थिए ।
यो पनि