कालिकाका कर्मचारीद्वारा आन्दोलन गर्ने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
19.9k Shares
रसुवा

कालिका गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरूले म्याद थप गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

कालिका गाउँपालिकामा ६ वर्षदेखि कार्यरत विभिन्न तहका ६५ जना करार सेवाका कर्मचारीलाई विना जानकारी ०८० साउन ४ गतेको कार्यपालिकाको बैठकको निर्णयबाट सेवाबाट हटाइएको प्रति कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।

६५ जना करारका कर्मचारी हटाएर ३७ जना कर्मचारी करार सेवामा लिनका लागि पुन पदपूर्तिका लागि सूचना प्रकाशन गरिएको प्रति कर्मचारीहरूले आन्दोलनको तयारी गरेका हुन् ।

आफूहरूको रोजीरोटी गुमेकोले बिहान बेलुका छाक टार्न धौधौ पर्ने भएकोले मानवअधिकार तथा अन्तर्राष्ट्रिय श्रम ऐन विपरीत कार्य भएकोले करार सेवा निरन्तरता दिन कालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर केसी कुँवरसमक्ष साउन ७ गते ज्ञापन पत्र पेस गरेको पीडित कर्मचारी नवराज पौडेलले जानकारी दिए ।

कर्मचारीहरूले आफ्नो माग पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । १३ जनाले अनुरोध गरी गाउँपालिकामा ज्ञापन पत्र पेस गरेका छौँ माग पुरा नभए चरणबद्ध आन्दोलन हुन्छ पौडेलले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
13
+1
3
+1
4

तपाईको प्रतिक्रिया

पत्रपत्रिका