तामाङ समुदायको अस्मितामाथि चोट पुग्ने गरी आधारहीन दिने अधिवक्ता शीतलले माफी माग्नुपर्ने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
2.8k Shares
काठमाडौं

नेपाल तामाङ घेदुङले तामाङ समुदायको अस्मितामाथि चोट पुग्ने गरी आधारहीन तर्क दिने अधिवक्ता भगवती पाण्डे ‘शीतल’ले माफी माग्नुपर्ने बताएका छन् ।

अधिवक्ता पाण्डेले सार्वजनिक सञ्चारमाध्यमबाट कुनै जाति समुदायको इतिहास, संस्कार, संस्कृति र तथ्यहरूलाई बङ्ग्याएर गलतरुपमा प्रस्तुत गर्नु पनि अपराध नै ठहरिने भएकोले सम्बन्धित व्यक्तिले माफी माग्नुपर्ने बताएको हो ।

कार्यवाहक महासचिव जगतमान लामा (दोङ) ले हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ‚ ‘एक टेलिभिजनबाट प्रसारण हुने ‘चिया गफ’ नामक टक शोमा अन्तर्वार्ता दिने क्रममा अधिवक्ता भगवती पाण्डेले हाडनाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजुबहिनीबीचमै बिहेवारि हुने, त्यसरी विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधमा संलग्न हुने गलत उदाहरण प्रस्तुत गरिएको थियो । उक्त भनाइको खण्डन गर्दै घेदुङले अधिवक्ता पाण्डेले अध्ययन अनुसन्धानबिना दिएको उक्त अभिव्यक्तिले तामाङ समुदायको भावना र अस्मितामा ठुलो चोट पुगेकोले गम्भीर आपत्ति एवं खेद व्यक्त गरेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, ‘चिया गफ’ कार्यक्रममार्फत दिएको गलत अभिव्यक्ति तत्काल सच्याई उक्त अभिव्यक्तिबाट तामाङ समुदायको अस्मितामा पर्न गएको चोटप्रति सार्वजनिक रूपमा माफी माग्न अधिवक्ता पाण्डेलाई अनुरोध गर्दछौँ । अन्यथा, कानुनी उपचारमा जान बाध्य हुने कुरासमेत जानकारी गराउँदछौ ।’

तामाङ समुदायको विषयमा गलत तथ्यसहितको अन्तर्वार्ता प्रसारण गर्ने संस्था टेलिभिजनलाई पनि तत्काल उक्त कार्यक्रमका भिडियोहरू सामाजिक सञ्जाल फेसबुक, युट्युबलगायतबाट हटाउन तथा अधिवक्ता पाण्डेले ‘चिया गफ’ कार्यक्रममा दिएको अभिव्यक्ति सच्याइएको सामग्री प्रसारण गर्नसमेत घेदुङले अनुरोध गरेको छ ।

तामाङ जाति प्राचीन कालदेखि नेपालमा बसोबास गर्दै आएको आदिवासीहरूमध्ये तेस्रो ठुलो जनसङ्ख्या भएको जाति हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका