भि.जी. ईम्पेक्स प्रा.लि. नेपालमा जी.डब्लु.एम सवारीसाधनहरूको एक मात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेस्ट बैङ्क लिमिटेडसँग आइसिई सवारीसाधनहरू हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको छ । उक्त सम्झौतामा आज भि.जी.ईम्पेक्स–जी.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेस्ट बैङ्क लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले जी.डब्लु एमका सवारी साधनलाई ग्राहकहरूका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्त्वपूर्ण कदमको रूपमा हस्ताक्षर गरेका छन् ।
जी.डब्लु.एमका कुनै पनि सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ, यो सहकार्य गरिएको हो । यसले ग्राहकहरूलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेन्ट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहकहरुले आफ्नो आवश्यकताहरूको आधारमा छनौट गर्न सक्छन् ।
बैङ्कले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ROI (ब्याजदर ) सहितको अधिकतम ८०% ऋण उपलब्ध गराउने छ । ३ वर्षसम्मको कर्जा अवधिको लागि, न्यूनतम प्रभावकारी ROI (ब्याजदर) १०.८०%८ रहनेछ ।
जी.डब्लु.एमका इलेक्ट्रिक गाडी (EV) को लागि ROI (ब्याजदर) मात्र BR*+ २.००% (११.३०% को प्रभावकारी ब्याज दर) रहनेछ ।
जी.डब्लु.एमका आइसि मोडेलको गाडीको लागि ROI (ब्याजदर) मात्र BR*+ २.५०% (११.८० % को प्रभावकारी ब्याज दर) रहनेछ ।
जी.डब्लु.एमका इलेक्ट्रिक गाडी (EV) को लोन–टु–भ्यालु (लोन–टु–भ्यालु÷बैङ्क फाइनान्स) मा ५०% सम्मको लगानीमा ROI (ब्याजदर) मा थप ०.५०% छुट उपलब्ध गराइएको छ । सबै गाडीहरूको लागि कर्जा प्रशोधन शुल्क (processing Fee) स्वीकृत कर्जाको मात्र ०.५०% निर्धारित गरिएको छ ।
ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेस्ट बैङ्क शाखामा गएर आवेदन दिन सक्नेछन् ।
जी.डब्लु.एमको बारेमा
जी.डब्लु.एम नेपालले हाभल एच६, हाभल जोलायन, पावर, विङ्गल५ जस्ता विश्वव्यापी मोडेलहरूका साथ नेपालमा आफ्नो बलियो उपस्थिति स्थापित गर्न सफल भएको छ । अर्को पुस्ताको अत्याधुनिक अटोमोटिभ प्रोत्साहन गर्न प्रतिबद्ध, जी.डब्लु.एम नेपालले ग्रेट वाल मोटर्सबाट फ्युचरिस्टक मोडलहरू र प्रिमियम प्रस्तावहरू प्रस्तुत गरिरहेको छ । नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ताको रूपमा, भि.जी. इम्पेक्सले जी.डब्लु.एमको विश्वव्यापी लाइन–अपहरू सफलतापूर्वक बजारमा ल्याएको छ र नेपालको अटोमोटिभ इकोसिस्टमलाई अगाडि बढाउँदै बिक्री र बिक्रीपछिका उत्कृष्ट सेवाहरूमा निरन्तरता दिँदै आएको छ ।
भर्खरै जी.डब्लु.एम नेपालले इलेक्ट्रिक सवारीसाधन अन्तर्गत ओरा ०३ प्रस्तुत नेपाली बजारमा सार्वजनिक गरेको छ । अहिले उपलब्ध टेष्ट ड्राइभहरू मार्फत रेट्रो आधुनिक शैली, उच्च–स्तरीय सुरक्षा मापदण्डहरू, आरामदायी सुविधाहरू, र अभूतपूर्व प्रविधि मिश्रित आकर्षणको अनुभव गर्नुहोस् ।
सर्तहरू लागु हुनेछ ।