‘ए वा बल्ल आँखा खुल्यो’ जनचेतनामूलक सडक नाटक प्रदर्शन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
273 Shares
रसुवा

बालबालिका सम्बन्धी चेतनामूलक सडक नाटक ‘ए बा बल्ल आँखा खुल्यो’ प्रस्तुत गरिएको छ ।

साउन ११ र १२ गते सदरमुकाम धुन्चे बजार लगायत हाईल्याण्ड मावि‚ नमुना एभरग्रिन बोर्डिङ‚ स्याफ्रुवेसि‚ ठाडे लगायतका ठाउँहरूमा चेतनामूलक जानकारीका लागि प्रदर्शन गरिएको हो ।

‘कोही कसैले छोराछोरी पडाइदिन्छु‚ काम लगाइदिन्छु भनेर नचिनेको मान्छे वा चिनेको भरमा पनि विश्वास नगरी तथा विदेशीहरूले विदेश लैजान्छु भनेर आए भने कुरा बुझेर त्यो मान्छे कस्तो हो भनेर अभिभावकले बुझ्नुपर्छ’ नाटकको सार थियो यो ।

ईनफ्याक्ट लकजम्बरको सहयोगमा स्तुति क्रियसन प्रालिको आयोजनामा प्रदर्शन भएको थियो ।

नाटकको निर्देशक निरू खड्काका अनुसार नाटकमा बालगृह, अनाथालयमा भइरहेको अनियमित कार्य‚ बच्चाहरूको अ‍ोसारपसार, यौन शोषण लगायत अन्य कार्यहरू भइरहेका हुन सक्छन्‚ त्यस विषयमा अभिभावकहरूले विचार गर्नुपर्ने र आफ्नो बच्चाहरूलाई अरूलाई नदिई अनाथ आश्रम नपठाउन आग्रह गरेकी छन् ।

नाटक सुर्खेत, गोरखा, धादिङमा प्रदर्शन गरिसकिएको र काठमाडौँमा पनि गरिने बताइएको छ ।

‘यस्ता खालको चेतना मूलक नाटक गाउँ गाउँमा पुगेर गर्न पाए राम्रो हुन्थ्यो’‚ निर्देशक खड्काले भनिन्‚ ‘यसले गर्दा पनि मानिसहरूको चेतनावृद्वि हुनेछ ।’

स्कुल स्तरमा पनि यस्ता खाले नाटकले गर्दा बालबालिकाहरूको चेतना वृद्धि भई नजानी नबुझी कसैको लहलहैमा जान नहुने रहेछ भन्ने सन्देश प्रवाह हुने हाईल्याण्ड माविका प्रधानाध्यापक निवेश श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया