रसुवामा नै स्यानिटरी प्याड तथा मास्क उत्पादन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
6k Shares
रसुवा

रसुवाको उतरगया गाउँपालिका वडा नम्बर ५ बेत्रावतीमा स्यानिटरि प्याड तथा मास्क उद्योग सञ्चालनमा आएको छ ।

एसएस टेलर्स एन्ड स्यानिटरि प्याड तथा मास्क उद्योग गत २०७९ चैतबाट चमेली सुनुवार (शिला) ले आफ्नै लगानीमा सञ्चालन गरेका हुन् ।

उनीहरूले स्थानीय ठाउँमा केही गरौँ भन्ने उद्देश्यले २० लाखको लगानीमा उद्योग सञ्चालन गरिएको ।

‘आफ्नै मेसिनद्वारा काम गरिने र थोरै काम भएको वेला आफै गर्छु र अत्यधिक माग आएको वेला ५ देखि ६ जना कामदार हुन्छन्’‚ चमेली भनिन्‚ ‘मास्क र प्याड अरू जिल्लाबाट ल्याउनु भन्दा आफ्नै जिल्लामा यस्तो काम गरेर पैसा पनि यही रहने र काम पनि हुने भनेर परिवार मिलेर सुरु गरेको हो ।’

समाजसेवामा लागिपरेकी चमेली समाजसेवा लगायत राजनीतिकमा पनि सक्रिय छिन् । महिला भएकै कारण घरको चुलो चौकोमा मात्रै नभई उद्योग पनि सञ्चालन गर्न सक्दछन् भन्ने उदाहरण पनि हो‚ उनले भनिन् । दिदीबहिनी आमाहरूलाई काम लाग्ने प्याड र रोगबाट बच्न मास्क आवश्यक देखिएकाले परिवारसँगको लगानीमा उद्योग सञ्चालन गरेको उनले बताइन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
1
+1
2

तपाईको प्रतिक्रिया

पत्रपत्रिका