एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम शुभारम्भ

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1.8k Shares
काठमाडौं

‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नाराका साथ एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम शुभारम्भ गरिएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपाल, उत्तरगया गाउँ कमिटीको आयोजनामा उत्तरगया गाउँपालिका वडा नम्बर ०२ मा अवस्थित पर्यटकीय स्थल भाँगे झरनामा रहेको फोहोर व्यवस्थापन र एक युवा पाँच बिरुवा भन्ने केन्द्रीय सर्कुलर अनुसार भागे झरना वरपर वृक्षारोपण गरिएको युवा सङ्घले जनाएको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, उत्रगया गाउँपालिका उपाध्यक्ष तथा एमाले नेता चमेली गुरुङ उत्तरगया गाउँ पालिका कमिटी अध्यक्ष टुकु सुवेदी लगायत नेता कार्यकर्ता सहभागी थिए ।

संरक्षणमा सव‌ैको हातेमालो गर्दै अगाडि बढेर वातावरण जोगाउनु आजको आवश्यकता रहेकाले युवा हरू लागि परेको बताइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका