बागमती गाउँपालिका पर्यटकको लागि उत्कृष्ट गन्तव्य

प्रकाश थिङ संवाददाता
2.9k Shares
ललितपुर

बागमती गाउँपालिका राजधानीसँग जोडिएको प्राकृतिक सम्पदाले भरिपूर्ण पालिका हो । भौगोलिक हिसाबले पहाडी क्षेत्र‚ चारैतिर उकाली ओराली नागबेली खोला र झरना भएको पालिका आन्तरिक तथा बाह्य पर्यटकका लागि रमणीय स्थल हो । बागमती छेउछेउमा रहेको घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, आश्राङ, गिम्दी, ईकुडोललाई सम्मिश्रण गरेर बनाएको पालिका हो । १११.४९ बर्गमिटरमा फैलिएको पालिकामा पर्यटकलाई लोभ्याउने तामाङ गाउँ‚ मगर गाउँ‚ तिनपाने भन्ज्याङ‚ राडार क्षेत्र‚ गिम्दीको चमेरो गुफा‚ प्युटारको कालेश्रर मन्दिर र बुढीदेवी मन्दिर‚ माल्टाको चमेरो गुफा माझ खण्डको शिव मन्दिर र गुम्बा चैत्यहरू छन् ।

बागमतीलाई विश्वभरि चिनाउने एउटा नमुना गाउँपालिका बनाउने अभियानमा लागिपरेको अध्यक्ष वीरबहादुर लोप्चनले बताउँछन् । पालिकामा पर्यटक आकर्षक गन्तव्यहरू प्रशस्त रहेकाले पर्यटनमा जोड दिएको हो‚ अध्यक्ष लोप्चनले भने ।

गाउँपालिका वडा नं ५ का अध्यक्ष नवराज तिमल्सिनाले यो पालिका पर्यटकीय स्थलहरू प्रशस्त भएको पालिका हो । २०५६ मा ग्रामीण पर्यटनको अवधारणा आएपछि बागमतीको तीनपाने भन्ज्याङको राडार क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बिस्तारै बढ्दै गएको उनी बताउँछन् ।

यो क्षेत्र मनोरम दृश्यका साथै स्थानीय कला संस्कृतिले भरिपूर्ण छन् । यहाँ स्वच्छ वातावरणमा स्थानीय युवाहरूको अवधारणामा उनीले गाउँ गाउँमा होमस्टे सञ्चालनमा ल्याएका छन् । मुख्यता: दुई वडामा होमस्टे सञ्चालनमा छन् । अध्यक्ष लोप्चनले भने‚‘यसले पर्यटकको आगमनमा थप वृद्धि हुने र यहाँका जातजातिका परम्परागत संस्कृति‚ कलाको बारेमा थप ज्ञान लिन सकिनेछ ।’

यहाँबाट विभिन्न हिमशृङ्खलाहरू र दक्षिणमा पर्साको रौतहटसम्म दृश्यावलोकन

गर्न सकिन्छ । पालिका सबैभन्दा होचो तथा चिसो क्षेत्र गिम्दीको हेल्टार हो । यहाँ गर्मी तथा चिसो समयमा पाइने चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ ।

त्यस्तै कृषि खेती जडीबुटी प्रचुर सम्भावना बोकै पालिका हो । कफी खेती‚ भैँसी पालन‚ बाख्रा पालन‚ अदुवा खेती‚ दूध तथा खुवा व्यवसायीको पकेट क्षेत्र पनि मानिन्छ । बागमतीमा पर्यटकलाई कोसेलीका रूपमा घिउ खुवा तथा दूधबाट बनेको परिकार पाइन्छन् ।

गाउँपालिका भित्र खेलकुद पर्यटन प्रवर्द्धनका लागि गल्फ‚ टेनिस‚ ब्याडमिन्टन‚ फुटबल‚ भलिबल र क्रिकेट मैदान बनाउने उपयुक्त स्थानहरू धेरै छन्। सोही अनुसार पालिकाले अध्यक्ष कप‚ उपाध्यक्ष कप लगायत विभिन्न खेलकुद कार्यक्रमहरू गरिरहेका छन् ।

गाउँपालिकाभित्र जङ्गली जनवार अवलोकन गर्न सकिन्छ । ढुकुर‚ सारस‚ हुचिया‚ लाटोकोसेरो‚ कोइली‚ सुगा‚ भँगेरो समयअनुरूप अवलोकन तथा संरक्षणमा पालिका लागि परेका छन् ।

बागमती जनजातिहरूको विविधताले भरिएको पालिका हो । यसर्थ यहाँका आदिवासी जनजातिहरूले वर्षभरिमा विभिन्न मेला‚ जात्रा लगायत सांस्कृतिक चाडपर्वहरू मनाउने गर्दछन् । यहाँका तामाङ‚ मगर लगायतका जातिहरू आफ्ना पहिचान र परम्परागत धार्मिक र सांस्कृतिक धरोहर बचाउन सधैँ अग्रसर देखिन्छन् ।

यसै गरी कालेश्वर मन्दिर‚ बुढीदेवी मन्दिर‚ चमेरो गुफा‚ माझ खण्डको रुद्रश्वर मन्दिर‚ भट्टेडाँडाको स्वर्गद्वारी मन्दिर र गुम्बा विहारलाई पालिकाले गुरुयोजना बनाएर विकास गर्न तयारी गरिरहेको अध्यक्ष लोप्चन बताउँछन् ।

यसै गरी पालिकाभित्र गिम्दीको मगर गाउँका मगर सांस्कृतिक नाच‚ यहाँ ऐतिहासिक अवशेषका बारेमा अध्ययन अनुसन्धान गर्न सकिने उपाध्यक्ष भक्तबहादुर दर्लामी मगर (निशान) बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
5
+1
1

तपाईको प्रतिक्रिया

पत्रपत्रिका