एनआरएनए साउदीको महासचिवमा शुक्र मोक्तान

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
266 Shares
साउदी

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति(एनआरएनए) साउदी अरेबियाको महासचिवमा शुक्र मोक्तान चयन भएको छ ।

मोक्तान शुक्रवार सम्पन्न एनआरएनए साउदीको नवौँ महाधिवेशनबाट सन् २०२३-२०२५ का लागि महासचिव चयन भएको हो । मोक्तानसँगै एनआरएनए साउदीको अध्यक्षमा रविना अर्याल चयन भएको छ ।

को हुन् मोक्तान ?

काभ्रेपलान्चोकका मोक्तान यसअघि सन् २०२१-२०२३ कार्यकालमा प्रवक्ता थिए । सन् २०१९-२०२१ को कार्यकालमा भने मोक्तान कार्यसमिति सदस्य थिए ।

उनले सन् २०१५ मा एनआरएनए साउदीका सदस्य लिएका हुन् । मोक्तान सन् २०१७-१९ मा स्थानीय समिति दममाका कोषाध्यक्षसमेत भएका थिए ।

काभ्रेपलान्चोकका मोक्तान हिमालय दृष्टिका सम्पादक हुन् भने सैलुङअनलाइन र डिसी नेपाल लगायतमा साउदी संवाददाता समेत थिए । झन्डै १५ वर्षअघि साउदी आएका मोक्तान सामाजिक कार्यमा पनि उतिकै योगदान छन् ।

तपाईको प्रतिक्रिया