एनआरएनए कोरियाको अध्यक्षमा बुद्धि गुरुङ निर्वाचित‚ वरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
98 Shares
कोरिया

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको निर्वाचन सम्पन्न भएको छ ।

आइतबार सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा बुद्धि गुरुङ निर्वाचित भएका छन् । गुरुङले १५२१ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी विपिनकुमार गुरुङले १२५७ र सञ्जीव कुमार राईले ९८८ मत ल्याएका थिए । जम्मा ३७६८ मत खसेका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तानले २२१८ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी परि गुरुङले १५४६ मत प्राप्त गरेकी छन् ।

त्यस्तै महिला उपाध्यक्ष आरती ह्योल्मो‚ उपाध्यक्षहरू हरि भट्टराई‚ तारा पुन मगर‚ सुनिल कन्दवा‚ महासचिव डा. केशव थापा‚ सचिबद्वय पूर्णराम बुढा र कमल भण्डारी‚ कोषाध्यक्ष भक्तबहादुर गुरुङ‚ सह कोषाध्यक्ष विष्णु बुढाथोकी निर्वाचित भएको निर्वाचन आयोगका अध्यक्ष गङ्गाराज राईले जानकारी दिए ।

यसै गरी युवा संयोजक युविन श्रेष्ठ‚ महिला संयोजक नीला राई निर्वाचित भएका छन् ।

यस्तै सदस्य सपना अधिकारी‚ विन्दु शाह‚ विष्णु बहादुर रकल‚ विष्णु रेग्मी ‘रुविन’‚ मङ्गलप्रसाद योङहाङ‚ गंगाराजन मगर र सुधान जुहारचन निर्वाचित भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा नेपालबाट आमन्त्रित नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको उपस्थिति रहेका थिए ।

सन् २०२३-२५ कार्यकालका निर्वाचित भएका हुन् । कोरियामा रहेका एनआरएनएका मतदाता सङ्ख्या ४४५८ थिए भने ३७६६ मत खसेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका