बौद्धनाथ क्षेत्र विकासद्वारा छात्रवृत्ति आव्हान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
119 Shares
काठमाडौं

बौद्धनाथ क्षेत्र विकास समितिले कक्षा ११ मा अध्ययन गर्ने छात्रछात्राका लागि छात्रवृत्तिको आव्हान गरेको छ ।

बुधवार बसेको छात्रवृत्ति वितरण व्यवस्थापन उपसमितिको बैठकले सो निर्णय गरेको अध्यक्ष राजकुमार लामाले जानकारी दिए ।

छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिका वडा नं ६ र यस वडासँग सिमाना जोडिएका निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका नगरपालिकाका वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने ३७ जना छात्रछात्रालाई छात्रवृत्तिको लागि सार्वजनिक सूचना जारी गरिएका हुन् ।

छात्रवृत्ति पाउनका लागि गरिब, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीले श्रावण मसान्तसम्म नियमपूर्वक दरखास्त दिन समितिले सूचना जारी गरेका छन् ।

दरखास्तका लागि समितिको कार्यालयमा सम्पर्क गर्न सकिने सूचना जारी गरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया