तामाङ चलचित्र ङिङ्जे असोज १ मा प्रदर्शन हुने‚ फिल्मको ट्रेलर र गीत सार्वजनिक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
469 Shares
काठमाडौं

तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा तयार पारिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ असोज १ गते प्रदर्शनको मिति तय गरिएको छ ।

सोमबार काठमाडौँस्थित द श्हेनोर हाउस बौद्धमा पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर‚ चलचित्रमा समावेश गरिएको गीत ‘भर आरे जीन्दगीला’ र चलचित्रको टाइटल गीतको भिडियो एकै साथ सार्वजनिक र प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

चलचित्रको कथा, पटकथा र संवाद ऋतुराज पाखिनको रहेको छ । निर्माता दीपेन्द्र लोप्चन (मुरली), रन्जिता स्याङ्तान रहेका छन् भने सहनिर्माता प्रवीण कुमार तामाङ रहेको छ । चलचित्रको निर्देशन अमिर दोङले गरेका हुन भने सह निर्देशनको भूमिका कुईसाङ रुम्बाले गरेका हुन् ।

चलचित्रको प्रस्तुतकर्ता भने पेमा लामा योञ्जन रहेको छ । द्वन्द्व राजु तामाङ, नृत्य कृष्ण ब्लोन, छायाङ्कन विक्रम मोक्तान र त्रिलोक लामा, सम्पादन विक्रम मोक्तान, डबिङ सन्तोष गोले, मिक्सिङ कार्साङ लामा, गीतकार रुपेन मोक्तान, ङेमा दोङ (तवला), सङ्गीतकार च्वाईस दोङ, रोशन लामा, गायक विशाल काल्तान, रोशन लामा, हावा लामा, गायिका जितु लोप्चन, निर्मला घिसिङ, रञ्जिता घिसिङ, एरेन्जर दिपेश प्रधान, चाँदसिं र सानुबाबु घिसिङ रहेका छन् ।

ङिङ्जेमा अमिर दोङ, सुस्मा थिङ, सजिना लोप्चन, कुईसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रन्जिता स्याङ्तान, अनिता नेगी, मनिका मोक्तान, भुईसल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोर्साङ दोङ, विशाल थिङ रहेका छन् । त्यस्तै अतिथि कलाकारमा नायिका सुस्मा मोक्तान, रुपा यस घले, पुष्पाञ्जली लोप्चन रहेका छन् ।

यस्तो छ ङिङ्जेको कथा

ह्याङ तामाङ घि तादोला भन्ने मूल नारा बोकेर सदैव चलचित्र मार्फत सन्देश बोकेर तामाङ चलचित्रमा परिचित रहेका नायक अमिर दोङद्वारा निर्देशित ङिङ्जेमा हाम्रा नेपाली समाजमा घटिरहेका यथार्थ विषयवस्तुलाई टपक्क टिपेर तयार पारिएको एउटा सन्देशमूलक चलचित्र हो ।

चलचित्रमा तामाङ भाषा, संस्कार/संस्कृति, रीतिरिवाज र रिमठिमलाई मुख्य केन्द्रबिन्दु बनाएर तयार पारिएको  निर्माण पक्षले जानकारी दिए ।

मानव जीवनमा जन्मदेखि मृत्युसम्मको कथालाई समेट्ने जमर्को गरिएका छौँ‚ निर्देशक दोङले भने‚ ‘एउटा परिवारमा आफ्ना अभिभावकले मादक पदार्थ सेवन गर्दा आफ्ना छोराछोरीको भविष्यमा कत्तिको असर गर्छ, अभिभावकले मादक पदार्थ सेवन गर्दा मानसिक रूपमा छोराछोरीलाई कस्ता खालका असर गर्छ भन्ने खालका सन्देशमूलक विषयलाई समेत समेटिएको छ ।’

सबै विषयवस्तुलाई नियाल्ने हो भने यो चलचित्र सामाजिक र पारिवारिक कथावस्तुमा आधारित चलचित्र हो भन्न सकिन्छ‚ दोङले भने ।

चलचित्र ङिङ्जे यहि असोज १ गते राष्ट्रिय नाचघर जमलमा दिउँसो ठिक २ बजे विशेष प्रदर्शन हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका