सितल पाण्डेविरुद्धको आन्दोलनमा दर्जनौँ घाइते‚ रिहाइ नगरेमा अनिश्चित कालीन देशव्यापी आन्दोलनको चेतावनी (फोटो फिचर)

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
1k Shares

नेपाल तामाङ घेदुङ र नेपाल मगर सङ्घद्वारा भगवती पाण्डे सितल लाई यथाशीघ्र पक्राउ गर्न दिएको दबाब कार्यक्रममा दर्जनौँ आन्दोलनकारी पक्राउ परेका छन् ।

बुधवार जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ शान्तिपूर्ण घेराउ कार्यक्रममा झडप भएको हो। झडपमा परी दर्जनौँ घाइते भएका छन् भने ३ दर्जनभन्दा बढीलाई पक्राउ गरिएको छ।

तामाङ घेदुङ र मगर सङ्घद्वारा विज्ञप्ति जारी गरी घेराउ कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरी तीन दर्जन बढी आन्दोलनकारीलाई पक्राउ गरी चरम यातना दिएको र लाठी चार्ज गरी घाइते बनाएकोमा प्रहरी प्रशासनको यो रवैयाको घोर भर्त्सना गरेका छन् ।

आन्दोलनमा आफ्ना मागहरू शान्तिपूर्ण रूपले राख्दै प्लेकार्ड र आवाजमार्फत प्रहरी परिसर अगाडि आन्दोलन गरिरहेका आन्दोलनकारीहरूलाई अनावश्यक बल प्रयोग गरी पक्राउ गरिनु र निहत्था आन्दोलनकारीलाई मरणासन्न हुने गरी कुटपिट गरी घाइते समेत बनाइनु अत्यन्तै दुःखद, निन्दनीय र लज्जास्पद पनि छ‚ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाम्रो मागलाई बेवास्ता गरी पक्राउ परेका व्यक्तिहरूलाई रिहाइ नगरेमा भोलिदेखि अनिश्चित कालीन देशव्यापी आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
2
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका