रसुवाको कालिका गाउँपालिका वडा नम्बर ३ मा रहेको वेतिनि आधारभूत विद्यालयलाई स्वास्थ्य सामग्री प्राप्त भएको छ ।
स्वास्थ्य विभाग टेकुबाट कालिका ३ वडा अध्यक्ष फणीन्द्र न्यौपानेको पहलमा अक्सिजन कन्सन्टेटर आएको वडाले जानकारी दिएको छ ।
यस अगाडि पनि यस स्वास्थ्य केन्द्रमा विभिन्न सामग्री ल्याउन वडा अध्यक्ष न्यौपानेले पहल गरेका थिए । यस अगाडि अक्सिजन कन्सन्टेटर , सिलिन्डर , अक्सिमिटर ,थर्मामिटर ,नावी क्रीम , निवोलाटर ,स्ट्रेचर लगायत ल्याउन अध्यक्षले पहल गरेका थिए ।
स्वास्थ्य केन्द्रमा सामाग्री आएपछि स्वास्थ्य केन्द्रबाट स्थानीयबासीलाई सहज भएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1