पर्यटन वर्ष २०२० लाई सफल बनाउन सदरमुकाम धुञ्चे र पोखरा बस सेवा मंगलबारबाट सञ्चालनमा आएको छ ।
टिमुरे यातायात प्रा.लि. र पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रा.लि.को सहकार्यमा पहिलो पटक यहाँबाट बस सेवा संचालनमा ल्याएको हो । पवित्र तिर्थ गोसाईकुण्ड तथा लाङटाङ क्षेत्र र तामाङ सम्पदा मार्गको भ्रमण सहज र सरल बनाउने उद्देश्यले धुञ्चेदेखि पोखराको लेकसाईटसम्म नियमित बस सञ्चालन गरिएको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष एवं बस सञ्चालक समितिका सल्लाहकार सञ्चिव आमत्यले जानकारी दिए ।
उनका अनुसार मंगलवार रसुवा हुँदै पोखरा जाने बसलाई गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ र नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
विहान ७ बजे धुञ्चेबाट पोखराको लागि दैनिक एउटा र पोखरा बाट ६ः४५ बजे धुञ्चेका लागि एउटा बस छुट्ने बताए ।
बस सञ्चालनले हिमाली प्रकृतिको अवलोकन गर्न आन्तरिक एवं बाह्य पर्यटकलाई यात्रामा सहज भएको छ ।