कुमार योञ्जनको गीत ‘तिम्रो माया दिलमै खोपौला’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
315 Shares
काठमाडौं

गायक तथा संगीतकार कुमार योञ्जनको ‘तिम्रो माया दिलमै खोपौला’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

विगत साँढे दुई दशकदेखि संगीत क्षेत्रलाई निरन्तरता दिइरहेका योञ्जनले बिहीबार आफ्नै आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् । माया, प्रेमको भाव दर्शाउने गीतको शब्द प्रकाश तामाङले रचना गरेका हुन् भने स्वर, संगीत एरेन्ज र सम्पादन योञ्जनकै रहेको छ । गीतको भिडियो निर्देशन भने तामाङ चलचित्रका अभिनेता अमिर दोङले गरेका छन् ।

गीतको छायांकन पवन सुशिलिंगले गरेका हुन् । गीतमा योञ्जनसँगै मनु तामाङ, कुइसाङ रुम्बा, तीर्थ वाइबा, पदम दोङ, ध्रुव तामाङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । अभिनेता दोङ अथिति कलाकारका रुपमा रहेका छन् ।

हेर्नुहोस् म्युजिक भिडियो

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका