अधिवक्ता पाण्डे प्रकरण : पुरुष प्रहरीहरूको चरम शारीरिक र मानसिक यातनाप्रति अन्तर्राष्ट्रिय तामाङ परिषदद्वारा ध्यानाकर्षण, घटनालाई अन्तर्राष्ट्रिय कारण गरिने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1.4k Shares
काठमाडौं

अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी)ले तामाङ, मगरलगायत समुदायको शान्तिपूर्ण धर्नामा भएको प्रहरी दमनप्रति आपत्ति जनाएको छ । परिषद्ले शनिवार एक विज्ञप्ति जारी गरी काठमाडौँ प्रहरी परिसर टेकुमा भएको उक्त घटना अन्तर्राष्ट्रिय मानवअधिकारको न्यूनतम मूल्य मान्यता र नेपालको संविधान तथा प्रचलित कानुन विपरीत भएको दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

‘टेकुमा आयोजित शान्तिपूर्ण धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी चार दर्जनभन्दा धेरै निहत्था आन्दोलनकारीलाई नियन्त्रणमा लिएर परिसरभित्र लगी मरणासन्न हुने गरी कुटपिट गरी गम्भीर घाइते बनाइयो । यति मात्र नभई महिला आन्दोलनकारीलाई पुरुष प्रहरीहरूले जथाभाबी चरम शारीरिक र मानसिक यातना दिइयो,’ परिषद्का महासचिव टासी लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अत्यन्तै दुःखद र निन्दनीय घटना नागरिक अधिकार, मानवअधिकार तथा कानुनी शासनविरुद्ध समेत भएकाले प्रहरी दमनप्रति अन्तर्राष्ट्रिय तामाङ परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘शान्तिपूर्ण भेला गर्न पाउने हकसमेत निस्तेज पारेको छ’‚ महासचिव टासी लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ‚ ‘घटनामा संलग्न दोषीहरूमाथि तत्काल कानुनी कारबाही गर्न अन्तर्राष्ट्रिय तामाङ परिषद् जोडदार माग गर्दछ ।’

घट्नामा यति मात्र नभई महिला आन्दोलनकारीलाई पुरुष प्रहरीहरूले जथाभाबी चरम शारीरिक र मानसिक यातना दिइयो । यो अत्यन्तै दुखद र निन्दनीय घटना नागरिक अधिकार, मानवअधिकार तथा कानुनी शासनविरुद्ध समेत भएकाले प्रहरी दमनप्रति परिषद्को गम्भीर ध्यानाकर्षण भएको महासचिव लामाले बताए ।

यस्तै महासचिव लामाले टेकु दमन अन्तर्राष्ट्रिय मानव अधिकारको न्यूनतम मूल्य मान्यता र नेपालको संविधान र प्रचलित कानुनको विरुद्ध भएकोले दोषीलाई तत्काल कारबाही माग गरेको छ। त्यस्तै सरकारले बेवास्ता गरे घटनालाई अन्तर्राष्ट्रिय कारण गरिनेसमेत चेतावनी दिएका छन् ।

यस्तै महासचिव लामाले परिषद्का सदस्य संस्थाहरूले सम्बन्धित देश स्थित नेपाल कूटनीतिक नियोगहरूमा ज्ञापन पत्र बुझाउने जानकारी दिए ।

बुधवार जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर म्याद थपका लागी अदालतमा उपस्थित गराएको थियो । अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई ‘जिम्मा जमानी’मा थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका जनाए। ‘शीतल’ले प्रमाण नष्ट गर्ने अवस्था नरहेको भन्दै अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न प्रहरीले आदेश गरेको छ ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका