बागमती प्रदेशका तीन जना तामाङ मन्त्री सम्मानित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
539 Shares
काठमाडौं

नेपाल तामाङ कलाकार सङ्घद्वारा बागमती प्रदेशका तीन जना तामाङ मन्त्रीहरूलाई सम्मान गरिएको छ ।

शनिवार काठमाडौँमा सङ्घले सम्मान कार्यक्रम आयोजना गरी तामाङ समुदायबाट मन्त्री बनेका वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामा तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा र सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई सम्मान गरेका हुन् ।

त्यस्तै सङ्घकै सदस्य सर्वोच्च शिखर सगरमाथा आरोही पेमा टासी तामाङलाई पनि सम्मान गरिएको छ ।

सम्मानपछि सम्बोधन गर्दै अर्थमन्त्री लामाले नेपाल धर्म निरपेक्षता देश भएकाले यसमा कुनै व्यक्तिले कुनै समुदायप्रति आँच आउने अभिव्यक्ति दिन नहुने बताए । उनले सबै जातीको साझा थलो भएकाले सबै बराबर हक अधिकार प्रयोग गर्न पाउने बताए । मन्त्री लामाले भने‚‘बागमती प्रदेशबाट सरकारी कामकाजीको  भाषा तामाङ र नेवार चाँडै नै पाउनेछ। यसको लागि सम्बन्धित मन्त्रालय गृहकार्य अगाडि बढाइसकेको छ ।’

यस्तै ऊर्जा मन्त्री तीर्थ लामाले मन्त्री भइसकेपछि हामी नीति कार्यक्रमलाई सबल बनाउनेतिर जोड दिइरहेको बताए । उनले आआफ्ना मन्त्रालयबाट हुने र गर्ने कामकाजमा कुनै रोक तोक नहुने बताए ।

यसै गरी सामाजिक विकास मन्त्री मोक्तानले हामी अहिले नीति बनाउने ठाउँमा छौँ‚ त्यसैले यो पद रहुन्जेल जति सकिने नीति नियम बनाउनमा आफू लागिपरेको बताइन् । उनले भनिन्‚‘मेरो संयोजकत्वमा भइरहेको तामाङ भाषा सरकारी कामकाजीमा बनाउने प्रक्रियाले चाँडै सार्थकता पाउने छ । सम्भवतः: यही बर्खे अधिवेशनमै सदनमा पेस हुनेछ ।’

कार्यक्रमको प्रमुख अतिथि तामाङ समुदायको पहिलो गायक चन्द्रकुमार मोक्तानको भएको थियो।

कार्यक्रममा वक्ताहरूले कार्यक्रम नेपाल तामाङ घेदुङको सङ्घीय अध्यक्ष मोहन गोले अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी वरिष्ठ सङ्गीतकार शिला बहादुर मोक्तान ,तामाङ कलाकार सङ्घको सल्लाहकार वरिष्ठ गायक प्रदीप बमजन,वरिष्ठ गायक रोज मोक्तान वरिष्ठ गायक प्रेम लोप्चन,तामाङ चलचित्र सङ्घकी उपाध्यक्ष भुइसाल लामा,तामाङ चलचित्र सङ्घका अध्यक्ष आस्मान वाइबा, म्हेन्दोमाया कलाकार सङ्घको अध्यक्ष राम गोम्जा,वाइबा समाजका अध्यक्ष विगेन्द्र तामाङ वाइबा लगायतले तामाङ समुदायको आत्मा सम्मानमा ठेस पुर्‍याउने अभिव्यक्ति दिने भगवती पाण्डेलाई तुरुन्त कारबाही गर्न सरकार समक्ष माग गरेका छन् ।

कार्यक्रमलाई समापन गर्दै सङ्घको अध्यक्ष विश्व दोङ तामाङ समुदायको लागि हाम्रो संस्था एेक्यवद्ता साथै सहकार्य रहने बताए । उनले अब चाँडै तेस्रो सेल महोत्सव हुने समेत जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका