प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेपछि मंगलबार राजीनामा दिन सुझाव दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको हो । उनलाई पदबाट राजीनामा दिएर छानविनमा सघाउन निर्णय गरेको पार्टी प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका नेताहरु सहभागी थिए ।
यस्तो थियो घटना
संसद् सचिवालयमा कार्यरत एक महिलाले आइतबार राति आफ्नै निवासमा आएर सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । उक्त घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनको भनाइ छ ।
त्यसकै आधारमा सोमबार साँझ अनलाइनहरूमा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले राति विज्ञप्ति जारी गरी खण्डन गरेका थिए । अनलाइन सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचार भ्रामक रहेको उनले दाबी गरेका छन् ।