मिना लामाको तीज गीत ‘कता हिँड्यौ साइली’ [भिडियो]

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
203 Shares
काठमाडौं

लोक गायिका मिना लामाको तीज गीत ‘कता हिँड्यौ साइली’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

शनिवार सार्वजनिक गीतमा गायिका लामा‚ श्रीदेवी देवकोटा‚ अमृत खाती र चन्द्र शर्माको स्वर रहेको छ।

विक्रमबाबु विश्वकर्माको शब्दमा निर्माण गीतको सङ्गीत खेम सेन्चुरी र सङ्गीत संयोजन विनोद बराजुलीको रहेका छन् ।

विक्रम चौहानद्वारा निर्देशित भिडियोमा टिका जैसी‚ बबिनसिं ठकुरी‚ आयुष्मा कार्की‚ जोन बम र सरिता डकुटीको अभिनय छ ।

२०८० सालको तीज नजिकिँदै गर्दा गीतहरू पनि एकपछि अर्को हुँदै सार्वजनिक हुने क्रम जारी छ । मायापिरती र एकापसमा दुखसुख साटासाट हुने भाव बोकेका गीतहरू बजारमा आउने गर्दछन् ।

राम केसीद्वारा छायाङ्कन र लक्ष्मण चौहानले भिडियो सम्पादन गरिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका