सिँचाइको सुविधा निर्माण चरणमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
238 Shares
रसुवा
तस्विर : साङ्केतिक

रसुवाको जमिनमा कुलो निर्माणबाट सिँचाइको व्यवस्था राम्रो भएकाले कृषि क्षेत्रमा परिवर्तन छाएको छ । सिँचाइ डिभिजन प्रमुख इन्जिनियर गोविन्द प्रसाद भुर्तेलका अनुसार जिल्लामा गत वर्ष कुल तीन सय ८० हेक्टर जमिनमा सिँचाइ को सुविधा पुर्‍याइएको र केही निर्माण को चरणमा अगाडि बढिरहेको केही सिँचाइ योजना यो आर्थिक वर्षमा सम्पन्न हुनेछ ।

किसानको आवश्यकता र मागलाई परिपूर्ति गर्न गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण र १० वटा भइरहेको सिँचाइको कुलो मर्मत भएसँगै खेतीयोग्य जमिनमा पानीको आपूर्तिले कृषि उपज बढ्न थालेको हो ।

सङ्घीय एवं प्रदेश सरकारको अनुदानबाट सिँचाइ कुलो निर्माण र मर्मतका साथै जिल्लाका विभिन्न भागमा १७ वटा नदी नियन्त्रणका काम सम्पन्न गरिएको बताइएको छ । सिँचाइ कुलो निर्माण, मर्मत तथा नदी नियन्त्रणलगायत कार्य सम्पन्न गर्न गत आर्थिक वर्षमा कूल रु १३ करोड पाँच लाख खर्च भएको उनले बताए ।

यसरी निर्माण गरिएका सिँचाइमा ठुला तथा मझौलासमेत रहेका छन् । उपभोक्ता समितिले जिम्मा पाएको प्रायः सिँचाइ योजना निर्माण सम्पन्न भइसकेका र टेन्डर गरिएका काम भने विविध कारणले अगाडि बढ्न नसकेको प्राविधिकले बताएका छन् ।

यस्तै जिल्लाको दक्षिणी भेकस्थित कालिका गाउँपालिका क्षेत्रभित्र अवस्थित जिवजिवेको आसपासमा पर्ने भदौरे गाउँ क्षेत्रमा निर्माण गरिएको नमुना थोपा सिँचाइले भने तीन सय ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

पाखो बारीलाई खेतमा रूपान्तरण गर्दै वर्षा याममा सौरेनी मूलको पानीबाट धान रोपाइँ गराउने र धाराबाट खेर जाने पानीलाई ट्याङ्कीमा सङ्कलन गरी हिउँद याममा तरकारी उत्पादन गराउने व्यवस्थापनले किसानमाझ उत्साह बढेको हो ।

वर्षायामको धान खेतीका लागि ६० हजार क्षमताको दुई र ३० हजार क्षमताको एउटा एवं हिउँद याममा धाराबाट खेर जाने पानी सङ्कलनका लागि ५० वटा सिमेन्टका ट्याङ्की निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष तारानाथ पौडेल उल्लेख गरे ।

पानीको स्रोत नहुँदा बाँझो रहने जमिनलाई थोपा सिँचाइको अवधारणाअनुसार विसं २०७४ बाट क्रमागतरूपले निर्माण भएको भदौरे नामक थोपा सिँचाइ योजनाबाट तीन सय ५० घर परिवार लाभान्वित भएको बताइएको छ ।

सधैँभरि अधिकांश बाँझो बस्ने जमिनमा गरिएको सिँचाइको व्यवस्थाले मङ्सिरमा धान काट्ने र हिउँ याममा रोपिएका विभिन्न प्रकारका तरकारी टिप्न पाउँदा स्थानीय किसान हर्ष विभोर भएको स्थानीय सामाजिक अभियानकर्मी बताउँछन् । भदौरे थोपा सिँचाइ योजना देशकै नमुना बन्दै गएको सिँचाइसँग सम्बन्धित प्राविधिकको भनाइ छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका