गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरूको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने निर्देशन दिएकी छन् ।
जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतालमा रिर्फर गर्दा बिरामीलाई समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिएकी हुन । आयुर्वेद औषधालयलाई सँगसँगै विकास गरेर काम गर्ने योजना सुनाइन ।
गण्डकी प्रदेशका बिरामीलाई जस्तोसुकै रोगलाई पनि गण्डकी प्रदेश भित्र नै उपचार गर्ने वातावरण बनाउने योजना मन्त्री सिंखडाले सुनाइन ।
स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागी कुनै पनि कसरत बाँकी नराख्ने, प्रदेशबाट नै सकेसम्म धेरै सेवा निःशुल्क दिने योजना, एनजिओ सँग सहकार्य गर्ने कार्यक्रम मन्त्रीलाई सोधेर मात्र अघि बढ्नुपर्ने लगायतका निर्देशन दिइन ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारीले गण्डकी प्रदेश सरकारले सुरु गरेको पारिवारिक स्वास्थ्य प्रोफाइल योजना तीव्र रूपमा अघि बढाउनुपर्ने जानकारी दिए ।
जनताको स्वास्थ्य उपचारको लागी कम खर्च हुने योजन अघि बढाउनु अनुरोध गरे । स्वास्थ्यको क्षेत्रमा कुनै पनि योजना हाल्ने बेलामा योजना माथि अनुसन्धान हुनुपर्ने बताए ।
सङ्क्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक विकास गौचनले सङ्क्रमण तथा सरुवा रोग अस्पतालले अहिलेसम्म उल्लेखनीय काम गरेको बताए । अहिले पनि गण्डकी अस्पतालमा अन्य अस्पतालमा नपाइने तर सङ्क्रमण रोग तथा कोभिड १९ विरुद्धको खोप निरन्तर दिएको बताए ।
५० शैयाको अस्पतालमा विभिन्न सरुवा रोग, आँखाको प्राथमिक उपचार र इमजेन्सी सेवा २४ घण्टा नै सुचारु गरेको सुनाए ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश क्षयरोग उपचार केन्द्र, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्थापन केन्द्र लगायतका संस्थाले समीक्षामा प्रगति विवरण र आगामी वर्षको योजना पनि सुनाएका थिए ।