बासुकि ढुङ्गाको महिमा र अनौठो शक्ति पीठ

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
175 Shares
रसुवा

रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं २, प्राङ्सेमा रहेको बासुकी ढुङ्गाको फेदमा बासुकी नाग रहेको छ । यही नागको नामकरणबाट यस ढुङ्गाको नाम बासुकी रहन गएको भन्ने भनाई रहेको छ ।

अत्यन्त शक्तिको रूपमा रहेको यस स्थान प्राङ्से (धोबी खोला) पहिरो नजिकै रहेको छ । २०६० सालमा यहाँ नाग मारिएको हुनाले पहिरो गएको भन्ने भनाई पनि रहेको छ । सोही विषयमा सार्वजनिक चासो रहेको हुनाले यहाँ मन्दिर तथा परिसरमा विभिन्न विकास निर्माणका कार्यहरू भइसके केही भइरहेका छन् । विधिपूर्वक पूजाआजा गर्न थालेपछि पहिरो रोकथाम भइरहेको भन्ने स्थानीयको भनाई रहेको छ ।

पासाङल्हामु राजमार्गको गोम्बोडाँडाबाट ५०० मिटर दूरीमा रहेको यो स्थल धार्मिक पर्यटनको रूपमा विकास गर्न सके पक्कै पनि पर्यटकीय विकासमा सहयोग पुग्नेछ । यहाँबाट मुडुल्लीभञ्ज्याङ-पात्ले हुँदै आकर्षक स्थलहरू रमिते ढुङ्गो, भूमेस्थान, लोकिल, सानोआले, ठूलोआले, जुरे ढुङ्गो विजिली जङ्गलगायतका स्थानमा पुग्न सकिन्छ ।

यसको वरपरिका बस्तीहरूमा थुम्कीका महादेव, कालिका मन्दिर, धैबुङ कोतघर (अवशेष नरहेको), घले गढी, कमारेगढी आदि महत्त्वपूर्ण स्थलहरू रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

पत्रपत्रिका