नेफिन कोरियाले ‘झाँकी, खाना प्रदर्शनी र साहित्य’ वाचनको साथमा आदिवासी दिवसमा मनाउने

दक्षिण कोरिया

नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन), दक्षिण कोरियाले यही सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक खाना र साहित्य वाचनको साथमा ‘२९औँ विश्व आदिवासी दिवस’ भव्य रूपमा मनाउने भएको छ ।

यही अगष्ट २० गते आइतबार सउलमा साहित्यिक संस्थासँगै डेढ दर्जन सङ्घ–संस्थाहरूको संयुक्त सह आयोजनामा एकैसाथ मनाउने भएको अध्यक्ष विसन राईले जानकारी दिए । यसपालि सह आयोजकमा साहित्यिक संस्थालाई पनि समावेस गरिएका छन् । मातृभाषा एवं आदिवासी मुद्दा सेरोफेरो रहेर साहित्यिक रचना समेत वाचन हुने भएको छ ।

कार्यक्रममा सम्पूर्ण आदिवासी समुदायका साथीहरूलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया