छाप भन्ज्याङ फट्केश्वर सडक खण्डको मर्मत तथा ग्राभेल कार्य अन्तिम चरणमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
224 Shares
साँखु‚ काठमाडौं

जर्सिङपौवा मेलम्ची सडक अन्तर्गत छाप भन्ज्याङ फट्केश्वर सडक खण्डको मर्मत तथा ग्राभेल गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।

श्रावण मसान्तभित्र सम्पन्न हुने गरी १८ सय मिटर ग्राभेल र ४ हजार मिटर नालीको मर्मत लगायत अन्य कार्य चौकी भन्ज्याङ विल्डर्स कम्पनी प्रालिले गरिरहेका छन् ।

मेलम्ची नगरप्रमुख आइतमान तामाङका अनुसार नगरपालिका र सडक बोर्डको साझेदारीमा ३५ लाख रुपैयाँ बराबरको लागतमा ठेक्का भएको बताए । उनले अहिले निर्माण भइरहेको उक्त सडक अन्तिम चरणमा पुगेकोले अब एक दुई दिन भित्रै सञ्चालनमा आउने जानकारी दिए ।

प्रदेश र सङ्घले बेवास्ता गरेपछि नगरप्रमुखको विशेष पहलमा उक्त सडक मर्मत तथा ग्रावेलिंङ गर्ने कार्य सुरु गरेको हो । छिट्टै पिच गर्न श्रोत सुनिश्चित लागि सम्बन्धित निकायहरूमा विशेष पहल र छलफल भइरहेको नगरप्रमुख तामाङले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0

तपाईको प्रतिक्रिया