पाँच बर्षीया बालिकामाथि यौन शोषण गर्ने उपप्राध्यापक पक्राउ

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
126 Shares
जनकपुरधाम

पाँच वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षीय उपप्राध्यापक पक्राउ परेका छन् । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्राध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

 

जनकपुरधाम-८ का उपप्राध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिराहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेको आरोप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुबाको दाबी छ । बालिकाको यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।

प्रहरीले पीडित बालिकाको शुक्रबार नै मेडिकल जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका